कञ्चनपुर माघ १४, बजाज कम्पनिको आधिकारिक सह बिक्रेता डिलरले महेन्द्रनगरको के.एम इन्टरप्राजेज भासीमा बजाज पल्सर १२५ मोटरसाईकल २०२० मोडेलको लञ्च गरेको छ । आधिकारीका बिक्रेता के.एम इन्टरप्राजेजले पल्सर १२५ सीसी ईन्जिन क्षमता भएको मोटरसाईकल लञ्च गरको हो । सोमबार एक कार्यक्रमका बिच के.एम इन्टरप्राजेजले मोटरसाईकलको लञ्च गरेको छ ।

देशैभरी पल्सर १२५ को लञ्च गर्ने कार्यक्रम अन्तरगत महेन्द्रनगरमा पनि लञ्च गरिएको के.एम इन्टरप्राजेजका म्यानेजर राजेन्द्र प्रसाद जोशीले बताए । आजबाट के.एम इन्टरप्राजेज बजाज शोरुममा पल्सर १२५ सीसी बाईकको बिक्री सुरु गरिएको बताए । युवा पुस्तामा बजाज कम्पनीको पल्सर लोकप्रिय रहेकोमा पहिलो पटक कम्पनीले १२५ सीसी ईन्जिन क्षमता भएको बजाज मोटरसाईकल निर्माण गर्ने घोषणा गरेपछि यसलाई प्रतिक्षित मोटरसाइकलको रुपमा हेरिएको थियो ।

बजाज पल्सर १२५ सीसीको बाईकको माईलेज प्रति लिटर ६० किलोमिटर हुने म्यानेजर राजेन्द्र प्रसाद जोशीले बतायनुभयो । उनले अहिले यसको मुल्य २ लाख २४ हजार नौ सय तोकिएको र ग्राहकले यस बाईकलाई तिन ओटा कलरमा किन्न सकिने बताए । झट्ट हेर्दा बजाज पल्सर १५० जस्तै देखिने यो बाइकको कूल तौल १२६.५ किलोग्राम हुने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुस