कैलाली माघ १४, मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) अनुदान सम्झौता सम्बन्धी विधेयक सरकारले पास गर्न खोजेको र नेपालको भुभाग भा।तले आफ्नो नक्सामा पारेको भन्दै विभिन्न नौ राजनैतिकदलले धनगढीमा विरोध प्रर्दशनको कार्यक्रम सार्वजनिक गरेका छन्।

अमेरिकी सरकारले दिनलागेको सहायता कोष एमसिसिमार्फत नेपालमा आफ्नो हस्तक्षेप बढाउने कार्य राष्ट्रका लागि अनुपयुक्त भएको भन्दै ती दलले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्।

सोमबार कैलालीको अत्तरियामा बसेको नेकपा मसाल, नेकपा(क्रान्तिकारी माओवादी), राजमो, देजमो नेपाल, नेकपा(माले), नेकपा(माओवादी केन्द्र), नेकपा ,जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषदको संयुक्त बैठकले आगामी माघ २४ गते धनगढीमा बृहतविरोध प्रर्दशन गर्ने निर्णय गरेको छ।

कालापानी क्षेत्र भारतिय नक्सामा सार्वजनिक गरीँदा समेत सरकार मौन बसेको र राष्ट्रघाती एमसीसी विधेयक ल्याउन खोजेको भन्दै विरोधसभा गरिने नेकपा(क्रान्तिकारी माओवादी)का प्रदेश सचिव चिन्तकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस