बर्दिया ,माघ १५,बर्दिया जिल्लामा सरकार द्धारा प्रतिवन्धित नेकपा विप्लप पार्टीका नेतारकार्यकर्ताहरूर प्रहरीविच दोहोर गोली हानाहान भएको छ ।दोहोर गोली हानाहानबाट एक जना प्रहरी जवान गम्भिर घाइते भएका छन ।

प्रहरीका अनुसार मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा रहेको एनसेलको टाउरमा आक्रमण गर्ने उदेश्यले ४ जनाको समूहमा रहेका विप्लपका नेताहरू आएको सूचना पाएपछि उक्त स्थानम जादै गर्दा प्रहरी र विप्लपका नेताहरूविच केहि बेर भनाभन र फायरीङ भएको हो ।नेकपाका नेताहरूले प्रहरीको बन्दुक खोस्ने क्रममा बन्दुक पडकिदा प्रहरी जवान लाई गोली लागेको बताईएको छ ।

उनलाई बर्दियाको गुलरियामा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीको भनाई रहेको छ।गोली चले लगत्तै विप्लपका दुइ जना नेताहरू फरार भएको र दुई जनालाई पक्राउ भएको प्रहरीले बताएको छ ।

घटनास्थल नेपाल भारत सीमा नजिकै पर्दछ । बर्दियामा केहि दिनदेखि विप्लप नेकपाको गतिविधि हवात्तै बढेको छ ।बर्दियाको मध्यक्षेत्र मधुवन नगरपालिका वार्ड न ४ मौवा स्थित जंगलमा मगलबार दिउसो ३ वजेतिर भएको घटनामा प्रहरी जवान गंगाराम चौधरी घाइते भएका हुन।

प्रहरीले दुइ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका वार्ड न ८ दुर्गापुर बस्ने ६६ वर्षिय जनप्रतिनिधि परिषद बर्दियाका अध्यक्ष जयबहादुर ठाडा मगर र बढैयाताल गाउपालिका वार्ड न ४का ५० वर्षिय नेकपाका जिल्ला सदस्य रोहित कुमार सुनार पक्राउ भएको बताइएको छ।उक्त घटनाको विषयमा नेकपाको धारण भने आउन सकेको छैन । पछिल्लो समय सरकारको प्रतिबन्धका कारण उक्त पार्टीका अधिकांश नेतारकार्यकर्ताहरू गुपचुपमा रहेका छन ।
हरपल नेपालबाट

प्रतिक्रिया दिनुस