काठमाण्डौं, माघ १३ ,आइतवार प्रतिनिधसभाको बैठकबाट सभामुख पदमा निर्विरोध निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।सोमबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच नवनिर्वाचित सभामुख सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

पथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित रहेका थिए ।

सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।वनिर्वाचित सभामुख सापकोटाको सपथ ग्रहण पछि अब प्रतिनिधिसभा सञ्चालन गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुस