कञ्चनपुर ,माघ १३, काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सहित १६जुहाडे धनगढीबाट पक्राउ परेका छन । वडा, नगर तथा गाउँपालिकाका समृद्धि विकास र विभिन्न योजना दुत गतिमा चलिरहेका बेला वडाध्यक्ष जुवाको खेल्नमा व्यस्त रहेका छन । चुनावका बेला जनतासंग ९० डिग्रीमा झुकेर भोट मागेर जितेपछि उद्मातले मात्तिएका केही जनप्रतिनिधी वडाको विकासमा सहभागिता हुनुको साटो, मोटो रकम भ्रष्टाचार सहित होटेल, डान्सबार, जुवाखालतिर बढि केन्द्रीत भएको पाईन्छ ।
नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्ष सहित १६ जुवाडे पक्राउ परेका परेको कैलाली प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष समेत रहेका २८ बर्षीय रबिन्द्र शाही, कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ क जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्कालाई पक्राउ गरि प्रहरीले विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ।

यस्तै बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी, धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट गएराती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा वडाध्य शाही सहितका व्यक्ति रंगेहात पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको बताए । उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ । उनीहरुले होटेल वा कसैको घरबाट पक्राउ परेका हुन् ।
प्रमुख प्रतिपक्षी दलले काँग्रेसले जुवातासले असान्ती मच्चियो, स्थानीय तहका जनप्रतिनिधी भ्रष्टाचारी भए, दुई तिहाईको सरकारले भ्रष्टाचार गर्दैछ, भनेर अनेकन प्रपोगाण्डा मच्चाईरहेका बेला यसरी काँग्रेसबाटै निर्वाचित जनप्रतिनिधी जुवा खालबाट पक्राउ गर्नु काँग्रेसका लागि मात्रै नभई उक्त वडाका जनताका लागि अभिसाप भएको छ । आशान्ती मच्चाउदै सरकारको बदनाम गर्नका लागि काँग्रेस नेता, कार्यकर्ता र काँग्रेसबाट निर्वाचित जनप्रतिनिधी केही अधिकारकर्मी आफै गैर कानुनी कृयाकलापमा संलग्न भईरहेको नेकपा नेताहरुको विश्लेषण छ । नेकपाका नेताहरुले सरकारलाई जसरी भएपनि बदनाम गराउन काँग्रेसले यस्तो हतकण्डा अपनाएको नेताहरुको भनाईछ ।
न कुनै दिपावली विकास निर्काणको रप्फतारमा हिड्नुपर्ने बेला काँग्रेसबाट निर्वाचित जनप्रतिनिधी जुवाखाल जस्ता अवैध काममा संलग्न भएर पक्राउ पर्न थालेपछि स्थानीयले वडा अध्यक्षको बिरोध गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुस