बैतडी माघ ,१३, बैतडी जिल्लको डिलासैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा रहेको मठैराज सांस्कृतिक युवा क्लबले विद्यालयमा रहेका र आर्थिक रुपले विध्यालय जान नसकेका असहाय, टुहुरा, अपाङ्गता भएका व्यक्तिहरुको छनौट गरी डाटा संकलन गर्ने काम गरिरहेको छ ।

नया शैक्षिक सत्रदेखि असहाय, टुहुरा, अपाङ्गता भएका बालबाकिाहरुकालागि पठन पाठन सहज होस भनेर वडा भित्रका सबै विध्यालयहरुबाट डाटा संकलन गर्नेकाम भईरहेको मठैराज सांस्कृतिक युवाका अध्यक्ष महेश पन्तले बताउनुभयो ।

क्लबले नया शैक्षिक सत्रमा असहाय, टुहुरा, अपाङ्गता भएका व्यक्तिहरुकोलागि शैक्षिक सामग्री विरतण गर्नेर अभिभावक बनेर सहयोग गर्ने बताए ।आर्थिक रुपले पछाडी परेका, विद्यालय जाने उमेर भएपनि विद्यालय जान नसककेका तथा असहाय, टुहुरा, अपाङ्गता बाबालिकालाई सहयोग गर्न पनि क्बले सबैलाई आग्रह गरेको छ ।

वि.स.२०७१ सालमा स्थापना भएको क्बलले विभिन्न सांस्कृति कार्यक्रमका र सामाजिक कामहरु समेत गर्दै आइरहेको छ । क्लबका अध्यक्ष महेश पन्तले खुल्ला दिशामुक्त अभियान, पूर्ण खोपयुक्त अभियान लगायतका कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै आएको बताए।
क्बलले मेला महोत्सवका माध्यमबाट विभिन्न जनचेतनामुलक कार्यक्रम समेत गरिरहेको छ । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विभिन्न अवशरमा महोत्वहरु गर्दै आएको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुस