कञ्चनपुर,माघ १३, कञ्चनपुरको महेन्द्रनगरमा फागुनमहिनाको पहिलो सातादेखि सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले महेन्द्रनगरको खुला मञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव संचालन गर्न लागेको हो । यस बर्षको मेलामा ‘कृषि, पर्यटन र उर्जामा विकास, समृद्ध सुदूरपश्चिम प्रदेशको आधार’ भन्ने मुल नारा अघि सारिएको छ ।

पर्यटन भ्रमण बर्ष २०२० र स्थानीय सरकारले भ्रमण बर्ष सफल पार्नका लागि अघि सारेको कार्यक्रम सफल पार्नका लागि समेत महोत्सव केन्द्रीत हुने आयोजकले जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका महोत्सव मुल आयोजक समिति संयोजक जंग बहादुर मल्लले संघले १३ औँ संस्करणमा संचालन गर्न लागेको महोत्सवबाट यस क्षेत्रको औद्योगिक र पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने बताउनुभयो। ‘हामीले दुई दशकदेखि यस क्षेत्रको औद्योगिक व्यवसायिक विकासका लागि मेला संचालन गर्दै आएका छौँ, ‘अध्यक्ष मल्लले भने, ‘यस पटकको मेला १३ औँ पटक संचालन गर्न लागेका छौँ ।’
यस अघि संचालन गरिएका मेलाबाट स्थानीय उत्पादन बस्तु जस्तै विजयशालका भाँडाकुडाको प्रर्बद्धन हुनुका साथै महाकाली पुल, छेला औद्योगिक क्षेत्र, भारतमा समेत नेपाली बस्तु, सेवा पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धनका लागि दुई पटक देहरादुनमा मेला सफलतापुवर्क सम्पन्न भएको अध्यक्ष मल्लले बताए । संघले ०५७ सालदेखि मेला संचालन गर्दै आएको बताउदै मेला महोत्सवबाटै यस क्षेत्रका व्यवसायिक मुद्दा उठान गर्दै आएको केही संस्थागत भएको बताए ।
अध्यक्ष मल्लले मेलाबाट स्थानीय उत्पादनको प्रर्बद्धन गरिने बताए । उनका अनुसार केराको उत्पादन, बजार विस्तार र केराबाट बन्ने विभिन्न बस्तु तथा सेवाको आकर्षण र प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको बताए ।
ऐतिहासिक, प्राकृतिक, धार्मिक पर्यटकिय क्षेत्रको प्रचारप्रसार, स्थानीय बस्तु तथा सेवाको प्रर्बद्धन, बजार विस्तारिकरण, निकासी योग्य बस्तुको पहिचान, घरेलु तथा साना उद्योगले उत्पादन गरेका बस्तु तथा सेवाको प्रर्बद्धन गरिने छ । कृषि क्षेत्रको विस्तार, बजारिकरण, स्वदेशी उत्पादनको उपभोगका लागि सचेतना गराईने छ ।
मेलाबाट लगानीको अवसर जुटाईने छ । सहकारी, वित्तिय क्षेत्र, बैकिङ्ग सेवा सुविधाको प्रर्दशनी, सुचना प्रविधिको ज्ञान, पर्यटन शिक्षाको प्रचारप्रसारका साथै ग्रामीण भेगका उत्पादन हुने हस्तकलाका समाग्रीहरुको प्रर्बद्धन गरिनेछ ।
१ सय ७० स्टलमा लघु उद्यम प्रर्दशनी, अटो प्रर्दशनी, कृषि, गार्मेन्टबाट उत्पादित बस्तु तथा सेवा र दैनिक उपभोग्य समाग्री राखिने छन् । सुदूरपश्चिमको लोक खाने परिवारका स्टल राखिने छन् । बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक साधन, स्थानीय खानाका परिवारको समेत प्रर्दशनी हुने छ ।
सुदूरको लोक संस्कृति झल्किने नृत्य जस्तै, देउडा, दोहोरी, हाँस्यब्यङ, थारु साँस्कृतिक कार्यक्रम लगायत यस क्षेत्रको विविध कलाका साथै छिमेकीमुलुक भारतको उत्तराखण्डको कुमाउनी सस्कृतिको प्रर्दशनी गरिने छ । राष्ट्रिय तथा स्थानीय कलाबारबाट साँस्कृतिक प्रस्तुत गरिने छन् । फागुन ७ देखि १७ गतेसम्म ११ दिन संचालन हुने महोत्सवमा भारतीय पर्यटक सहित २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । भने मेला अवधिमा ७ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।
मेला महोत्सवबाट यस क्षेत्रको बस्तु तथा सेवा, धार्मिक पर्यटकिय गन्तव्यको प्रर्बद्धन हुने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघकै अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा १सय ५१मुल सदस्यीय आयोजक समिति विस्तार गरिएको छ । सल्लाहकार सहित १६ उप समिति रहेका छन् । बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी सह–संयोजक, महासचिव बाबुदेव जोशी९बिनोद० सदस्य सचिव, निर्वतमान अध्यक्ष सुरेश रावलको संयोजकत्वमा स्वागत तथा सत्कार समिति, बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा सुरक्षा व्यवस्थान, प्रथम उपाध्यक्ष हेमराज जोशीको संयोजकत्वमा बाल उद्यान समिति, द्वितीय उपाध्यक्ष मदन पन्तको संयोजकत्वमा सचिवालय तथा प्रचार प्रसार, महासचिव बाबुदेव जोशी९बिनोद०को संयोजकत्वमा सचिवालय सहित प्रचारप्रसार समिति, सचिव गणेश चटौतको संयोजकत्वमा साँस्कृतिक समिति, कोषाध्यक्ष निर्मला भट्ट९सापकोटा०को संयोजकत्वमा आर्थिक तथा टिकट व्यवस्थापन समिति, सदस्य यज्ञराज भट्टको संयोजकत्वमा पार्किङ्ग व्यवस्थापन समिति, सदस्य विकेकराज जोशीको संयोजकत्वमा प्रर्यद्धन प्रर्बद्धन समिति, सदस्य चेतराज जोशीको संयोजकत्वमा प्रयोजक समिति, सदस्य कृष्णानन्द भट्ट(किरण)को संयोजकत्वमा स्टल बुकिङ्ग समिति, सदस्य धिरज बहादुर चन्दको सयोजकत्वमा
सरसफाई व्यवस्थापन समिति, सदस्य कृष्णदेव भट्टको संयोजकत्वमा संचार तथा यातायात व्यवस्थापन समिति, सदस्य महेशराज जोशीको संयोजकत्वमा कृषि प्रर्बद्धन समिति, सदस्य प्रेमसिह भाटको संयोजकत्वमा खानेपानी तथा विद्युत व्यवस्थापन समिति चयन गरिएको छ । महोत्सवका लागि राजनीतिक दल, विद्यार्थी संगठन लगायत सरकारी निकाय सरोकारवाला पक्षसग परामर्स, सुझाव सल्लाह लिईरहेको जनाईएको छ ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महोत्सवलाई पर्यटन भ्रमण बर्ष सगै जोडेर पुर्णागिरी मेलालाई समेत थप प्रर्बद्धनमा जोडदिए ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णूदत्त अवस्थीले मेला पर्यटन प्रर्बद्धन र औद्योगिक विकास केन्द्रीत हुनुपर्नेमा जोडदिए । संघका महासचिव बासुदेव जोशी९बिनोद०ले संचालन गरेको पत्रकार सम्मेलनमा संघका पदाधिकारी, जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस