कञ्चनपुर,माघ १९, कञ्चनपुरको लालझाडी गाउँपालिकामा वडा कार्यालय सार्ने विषयमा विवाद चर्किएको छ । जनप्रतिनिधीले शनिबार लालझाडी गाउँपालिका ३ नम्बर वडा कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेको २४ घण्टा नबित्दै स्थानीय त्यस बिरुद्ध देखिएका छन् । डुङ्गा गाउँमा वडा कार्यालयको गाउँपालिका प्रमुख मदन सेन बडायकले शनिबार शिलान्यास गरेका थिए । यस अघि पनि गत कार्तिकमा गाउँपालिकाले वडा कार्यालय खोल्दा स्थानीयले बिरोध गरेका थिए ।
स्थानीयले अपायक पर्ने ठाँउमा वडा कार्यालय सार्न खोजिएको भन्दै गाउँपालिका प्रमुख मदन सेन बडायकको पुत्ला दहनदेखि साविक बल्मीमा रहेको वडा कार्यालय, गाउँपालिकामा तालाबन्दी गरेका थिए । स्थानीय र जनप्रतिनिधीविच सबैको पायक पर्ने ठाँउमा वडा कार्यालय बनाउने गत कार्तिकमा सहमती भएपनि वडा र गाउँपालिका कार्यालयमा लगाएको ताला खोलेका थिए । सहमती भएको तीन महिना वितिसक्दा पनि वडा कार्यालयका लागि जमिन नपाएको भन्दै गाउँपालिकाले ढुङामै वडा कार्यालयको शिलान्यास गरिएको हो ।

सबै वडाबासीको मर्म भावना र अपायक पर्ने स्थानमा वडा कार्यालय सार्न खोजिएको भन्दै आइतबार जिल्ला समन्वय समिति सदस्य समेत रहेका नेकपा नेता डिट्ठा राना, काँग्रेस नेता धर्मसिह बडायक, नेकपा वडा कमिटी अध्यक्ष छेदक लाल राना, भलमन्सा मेघनाथ राना, बुद्धिजिवी पुन्ना राना सहितका स्थानीयको उपस्थितिमा संघर्ष समिति गठन गरिएको छ । लालझाडीका युवा समेत रहेका नेकपा नेता अमर रानाले जनतासंग गरेको सम्झौता बिरुद्ध वडा कार्यालयको शिलान्यास गरिएकाले त्यस बिरुद्ध नागरिक एकजुट भएको बताए ।

वडाध्यक्षले एकलौटी गरि चारै गाउँको अपायक पर्ने ठाँउमा वडा कार्यालय सारिन लागेकोमा स्थानीय आन्दोलित भएको बताए ।
‘हामीले यस बारेमा वडाध्यक्ष, गाउँपालिका प्रमुख सबैलाई अनुरोध गर्दै आएका थियौँ, ‘उनले भने, ‘हाम्रो विषयमा कसैले सुनिदिएन्, जनताको मर्मभावना विपरित वडा कार्यालय सार्ने प्रपञ्च भयो ।’ उनका अनुसार संघर्ष समिति गठनका साथै, काम रोक्का गर्ने र संघर्ष गर्ने निर्णय भएको छ । ‘जनप्रतिनिधीले एकलौटी ढङगबाट आम वडाबासीलाई पायक नपर्ने ठाँउमा वडा कार्यालय सार्न खोजे, ‘उनले भने, ‘त्यस बिरुद्ध संघर्ष समिति बनाएका हौँ ।’ नेता रानाले सबैको पायक पर्ने ठाँउ बल्मी भएकाले त्यस विषयमा जनप्रतिनिधीले ध्यान दिनुपर्नेमा जोडदिए ।


वडा कार्यालय बल्मीकै राख्नका लागि स्थानीय राजेश रानाको संयोजकत्वमा ११ सदस्यीय नागरिक संघर्ष समिति चयन गरिएको छ । सदस्यमा पुन्ना राना, मोहन सिह बडायक, मेघराज राना, सिताराम राना, रजिता राना, मुना राना, खगराज राना, शिवनाथ राना, सोनु राना, कमलफुलन राना चयन भएका छन् । संघर्ष समितिले बल्मीमै वडा कार्यालय राख्नका लागि संघर्ष गर्ने छ । लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले शुरुवमा वडा कार्यालय स्थापनाका लागि सार्वजनिक सुचना जारी गर्दा समेत कुनैपनि स्थानीयबाट उपयुक्त जमिन फेला नपरेको बताए । ‘वडा कार्यालयको जमिनका लागि हामीले १५ दिने सुचना जारी गरेका थियौँ, ‘गाउँपालिका प्रमुख बडायकले भने, ‘त्यतिबेला कसैले पनि हाम्रो सुचनाको वास्ता नै गरिदिएन, अहिले आएर केही व्यक्तिले बिरोध गरिरहेका छन् ।’
उनले पुरै प्रकृया पु¥याएर वडा कार्यालय सार्ने र भवन निर्माणका लागि शिलान्यायस भएर निर्माण प्रकृयामा पुग्दा केही व्यक्तिले स्थानीय उस्काएर विवाद झिकिएको बताए । गाउँपालिका प्रमुख बडायकले विगतमा समेत वडा कार्यालय निर्माण प्रकृया अन्तिम चरणमा पुग्दा केही व्यक्तिबाट बिरोध आएको बताए ।
‘वडा कार्यालय सार्ने भन्दा पनि अहिले बल्मीमा अस्थायी हो, ‘उनले भने, ‘त्यहाँ जमिन पाइनौँ, केही बगर, केही जोखिमपुर्ण स्थान देखाईयो, त्यस्तो ठाँउमा वडा कार्यालय बनाउँदा भोलीका दिनमा खतरा हुने भएकाले ढुङ्गामा बनाउन लागेका हौँ ।’ विकासमा अवरोध नगर्न समेत उनले आग्रह गरे । हाल बन्न लागेको वडा कार्यालय सबै वडाबासीलाई पायक पर्ने गाउँपालिका प्रमुख बडायकको दावि छ । गाउँपालिका प्रमुख बडायकले विकासमा अनावश्यक राजनीति नगर्न समेत आग्रह गर्दै विकासका लागि हातेमालो गर्न आब्हान गरेका छन् । स्थानीयले जनप्रतिनिधीले विकसामा विभेदकारी भएको भन्दै बिरोध जनाईरहेका छन् ।

प्रतिक्रिया दिनुस