कैलाली माघ १ नेकपा (क्रान्तिकारी माओवादी)ले सञ्चालन गरेको चार महिने राष्ट्रिय स्वाधीनता र संगठन बिस्तार अभियानको टोलीले आईतबार कैलालीको अत्तरियामा विरोध प्रर्दशनसहित कोण सभासभा सम्पन्न गरिएको छ ।

कोणसभाको सम्बोधन नेकपा(क्रान्तिकारी) माओवादीका स्थायि कमिटि सदस्य राम शिंह श्रीस गरेका छन । कोण सभामा बोल्दै स्थायि कमिटि सदस्य राम शिंह श्रीसले सरकारको गलत कदम प्रति सचेत हुन आग्रह गरेका छन ।लापानी क्षेत्र भारतीय नक्सामा सार्वजनिक गरीँदा समेत सरकार मौन बसेको र राष्ट्रघाती एमसीसी विधेयक ल्याउन खोजेको भन्दै खारेज हुनुपर्ने बताए। उन्ले भने एमसीसी सम्झौता कुनै पनि हालतमा नेपालका लागि स्वागतयोग्य छैन यदि सरकारले एमसीसी सम्झौता गराए देशमा ठुलो क्रान्तिको सृजना हुने बताएका छन ।

त्यस्तै नेकपा(क्रान्तिकारी) माओवादीका प्रदेश इन्चार्ज अनुकुले नयाँ शक्ति निर्माणमा जोड दिईनुपर्ने बताउँदै सिमा मिचिँदा समेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए। नेकपा (क्रान्तिकारी माओवादी) पार्टीलेराष्ट्रिय स्वाधीनताको अभियान सञ्चालन गरेको छ यस्मा सबै देशभक्क्त नेपाली जनताको साथ र सहयोगको आवश्यक्ता रहेकोले सहयोग गर्न आग्रह गरेका छन ।

कोणसभा कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य हरि सुवेदी , केन्द्रिय सदस्य लालकिरण , केन्द्रिय सदस्य डायमण्ड ,नेकपा(क्रान्तिकारी) माओवादीका प्रदेश सचिव रामबहादुर महरा, देजमो नेपालका नेकपा सुदूरपश्चिम प्रदेस अध्यक्ष बिष्णु राम दमाई ,अखिल नेपाल क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायत, अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहाल,अनेकिमहासंघ (क्रान्तिकारी)का केन्द्रिय सदस्य टंक कोइराला लगायतका नेता कार्यक्रताको उपस्तिथि रहेका थिए । कोण सभाको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी रुद्र कडेल गरेका थिए ।

प्रतिक्रिया दिनुस