कञ्चनपुर ,माघ १९ ,कञ्चनपुरमा आठौँ चरणको हात्तीपाइले रोग निवारणका लागि औषधी सेवन अभियान सञ्चालन हुनेभएको छ । सनिबार पत्रकार सम्मेलन गरेर कञ्चनपुर जिल्लाका सबै स्थानीय तहमा माघ २५ गतेदेखी हात्ती पाईलेको औषधी सेवन अभियान सुरु गरिने स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिव राज सुनारले बताउनुभयो। औषधी सेवनका लागि स्वाथ्य स्वयमसेविकाले घरघरमा गएर औषधी सेवन गराउनेतयारी रहेको बताए ।करिब ३ लाख ८० हजार नागरिकलाई औषधी सेवन गराउने लक्ष्यरहेको छ उनले भने जिल्लामा करिब तीन सय बढी स्वाथ्य स्वयमंसेविका र स्वाथ्यकर्मी परिचालन हुने बताए । २०६९ सालदेखी सुदूरपश्चिम प्रदेशमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान सुरु गरिएको थियो ।
कञ्चनपुरमा आठौँ चरणको औषधी सेवन अभियान सम्म आईपुग्दा हात्ती पाईले रोगको संक्रमणमा कमि देखिएको प्रमुख सुनारले बताए । कञ्चनपुरको कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकामा सर्वेक्षण गर्दा ६ सय जनामा ६ जना मात्रै संक्रमण देखिएकाले विगतको तुलनामा कमी आएको उक्त सर्वेक्षणबाट देखिएको स्वास्थ्य कार्यालय प्रमुख शिव राज सुनारले बताउनुभयो ।
गत वर्षको सर्वेक्षणमा कृष्णपुरमा १.९७ प्रतिशत र बेलौरीमा ५.१९ प्रतिशत व्यक्तिमा हात्ती पाईले रोग भेटिएको थियो । २०२० सम्ममा हात्तीपाईले निर्मुल गर्ने लक्ष्य लिएपनि शिक्षित वर्गले नै औषधी सेवन नगरिदिदा रोग निवारणमा चुनौती थपिएको स्वाथ्य कार्यायल कञ्चनपुरले जनाएको छ ।

६ वर्ष सम्म निरन्तर औषधी खुवाइएका जिल्लामा गरिएको सर्वेक्षण फेल भएपछि पुनः औषधी सेवन कार्यक्रम सञ्चालन गरिन लागेको बताए। हात्तीपाइले रोग विरुद्धको औषधी बारे नकारात्मक प्रचार बढी भएकाले संचार माध्यमवाट सत्यतथ्य सुचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।सरकारले आफै खरिद गरेर वितरण गरिरहेको छ’ कार्यक्रममा बोल्दै सिद्धराज भट्टले भने, ‘स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खानुपर्ने औषधी खानुपर्ने सबै मानिसले नखाईदिँदा यो रोगको जोखिम अझैं रहेको बताउनु भयो ।।

हात्तीपाइले रोगको संक्रमणदर एक प्रतिशत भन्दा कम झार्ने उद्देश्य रहेपनि यस अघि औषधी खुवाएका जिल्लाहरुमा सर्वेक्षण गर्दा एक प्रतिशत भन्दा माथि रोग संक्रमण दर देखिएपछि जोखिममा रहेका जिल्लामा औषधी खुवाउने कार्यक्रमले निरन्तरता पाएको हो । हात्तीपाइले रोगको औषधी सबैले सेवन नगर्दा संक्रमणदर घटाउन नसकिएको तथ्याङ्कले देखाएको छ ।

यो औषधी दुई वर्ष मुनिका बच्चाहरु, गर्भवती महिलाहरु, सिकिस्त बिरामीहरु र छारे रोगका बिरामीहरु बाहेक सबै व्यक्तिहरुले सेवन गर्नुपर्ने अनिवार्य भएको बताउनु भयो ।औषधी सेवन पश्चात शरीरमा हात्तीपाइले परजिवी भएकाहरुलाई उक्त परजिवीको मृत्यु हुँदा ज्वरो आए जस्तो हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट डुम्म परे जस्तो हुन सक्छ । तर यस्तो असर एक दुई दिनपछि स्वतः निको हुने चिकित्सकहरुको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुस