कञ्चनपुर, माघ -१९ ,कञ्चनपुरको पुनर्वास नगरपालिको बिचफाँटा गाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट नेपाली भूमि अतिक्रमणको चपेटामा परिरहेको पुनर्वास नगरपालिको बिचफाँटा गाउँमा सनिबार शस्त्र प्रहरीको बिओपी स्थापना गरिएको हो ।
नेपाल भारत कञ्चनपुरको पुर्नवास नगरपालिका ९ बिचफाँटा सीमावर्ती गाउँ हो । सीमा सुरक्षाका साथै सीमा क्षेत्रमा हुने अपराध न्यूनिकरणका लागि भन्दै सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणले बिचफाँटामा औपचारिक रुपमा बोर्डर आउट पोष्ट बिओपी स्थापना गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर हेडक्वाटर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर शाहुले कञ्चनपुरमा स्वीकृत भएका १० बिओपी मध्ये बिचफाँटामा पनि बिओपी स्थापना गरिएको बताए । उनका अनुसार अहिले अस्थायी रुपमा स्थानीयकै घरमा सशस्त्र प्रहरी बसेका छन् ।


‘यो केही महिनाका लागि मात्रै हो, हाम्रो भवन बनेपछि उतै सर्छन, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘स्थानीयले हामीलाई अर्को विकल्प नहुन्जेल केही समयका लागि मात्रै निःशुल्क घर उपलब्ध गराएका हुन् ।’ सीमाको सुरक्षा सम्वेदनशिल र महत्वपूर्ण जिम्मेबारी सशस्त्र प्रहरीको काँधमा आएकाले त्यसलाई आफ्नो स्रोत साधनले भ्याएसम्म पुरा गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।
उनका अनुसार भारतसंग सीमा जोडिएको कञ्चनपुरका दश स्थानमा सशस्त्र प्रहरी बलका बिओपी स्थापना गरिने छन् । यस अघि पुर्नवास नगरपालिका ४ गोबिन्द बजारमा बिओपी स्थापना भएको छ । स्थानीयको माग, जिल्ला सुरक्षा समितिले गरेको सिफारिसका आधारमा कञ्चनपुरका सीमावर्ती गाउँमा बिओपी स्थापना भईरहेका छन् ।
अब पुर्नवासकै डोकेबजार, खड्डाकंकड, बेलौरीको पचुँई, महाकाली नगरपालिका दुई स्थान र भीमदत्त नगरपालिकाको एक स्थानमा थप बिओपी स्थापना हुने छन् । हाल कञ्चनपुरमा ६ स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भएका छन् । भने बाँकी स्थानमा समेत स्थापनाका लागि प्रकृया शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए ।
शनिबार बिचफाँटा सशस्त्र प्रहरीको बिओपीको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपाका सचेतक तारालामा तामाङ्गले बिओपी स्थापनासंगै नेपाली भूमी सुरक्षित हुने आशा व्यक्त गर्नुभयो । ‘हामी एक एन्च भूमि कसैले लिदैनौँ, आफ्नो पनि छोड्दैनौँ, ‘उनले भने, ‘यही प्रण अनुरुप हामी अघि बढ्नुपर्छ ।’ बिओपी स्थापनाका लागि प्रदेशका तर्फबाट आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जाहेर गरे । पुर्नवास नगरपालिकाका मेयर जिवन राज थापाले पुर्नवासको विचफाँटामा स्थापना हुने बिओपीलाई आवश्यक सहयोग गर्ने बचन दिए । उनले भौतिक पुर्वाधार र जमिन उपलब्ध गराउने बताए । बिओपी राख्नका लागि नगरपालिकामा जनप्रतिनिधी आएसंगै पहिलो बैठकबाटै सशस्त्र प्रहरी राख्ने निर्ण गरिएको बताए । ‘सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्न हामी थुप्रै पटक डेलिगेशन जानु परेको थियो, ‘नगर प्रमुख थापाले भने, ‘सीमामा हाम्रो उपस्थिति नहुँदा सीमा अतिक्रमण लगायत थुप्रै अपराध हुन्थ्ये, अब रोकिने आशा गरेको छु ।’
पुर्नवास नगरका उप प्रमुख शारदा विष्टले बिओपी स्थापना सगै सीमा सुरक्षाका लागि चेलिबेटी बेचबिखनबाट जोगिने आशा व्यक्त गरिन् । उनले मानव तस्करीका समेत सशस्त्रले ध्यान दिनुपर्नेमा जोडदिईन् ।
पुर्नवास नगरपालिका ९ का वडाध्यक्ष नारायण जैसीले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बिओपी राख्नका लागि वडाबाट सिफारिस भएको बताए । अध्यक्ष जैसीले तत्तकाल स्थानीयको घरमा बिओपी राखिएपनि जनजागरण सामुदायिक वनबाट जमिन उपलब्ध गराएर स्थायी रुपमा बिओपीको संरचना निर्माण हुने बताए । वडाध्यक्ष जैसीले स्थानीय जनताको माग र सरकारले आवश्यकता बुझेर विचफाँटामा बिओपी स्थापना गरेसंगै सीमा अतिक्रमण रोकिने आशा व्यक्त गरेका छन् ।
स्थानीय कुवेर नाथले सीमावर्ती गाउँमा सशस्त्र प्रहरी बसेसंगै सुरक्षाको अनूभूति भएको बताए । ‘पहिले भारतीय गुण्डा, चोरहरुले हाम्रो घरको पिठो चामल खोसेर लग्थे, ‘उनले विगतको घटनाक्रम स्मरण गराउँदै भने, ‘अब हामी र हाम्रो मातृभूमीको सुरक्षा हुन्छ ।’ सीमा अतिक्रमणसंगै जंगली जनावर हात्तीबाट जोगिनका लागि समेत स्थानीयलाई राहत पुग्ने उनको भनाई छ ।
सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशमा प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गोबिन्द क्षेत्रीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति नहुँदा सीमा अतिक्रमण लगायत सीमा अपराध बढ्दै गएकाले त्यसलाई मध्यनजर गर्दै सरकारले बिओपी स्थापनाका लागि तदारुकता देखाएको बताए । बिओपीले सीमा सुरक्षा, गस्ती, सीमा अपराध न्यूनिरण, सीमा क्षेत्रमा आउने विवाद हल गर्नका लागि भारतीय सीमा सुरक्षा बल९एसएसपी०संग समन्वय गरेर समाधान गर्ने स्थानीय जनताको सुरक्षामा अहोरात्र खटिने बताए । बिचफाँटा बिओपीको संस्थापक इन्चार्जमा सशस्त्र प्रहरी निरीक्षक हरेन्द्र खडकाले जिम्मेबारी पाएका छन् । लामो समयको प्रतिक्षापछि विचफाँटाबासीले बिओपी पाएसंगै सुरक्षाको अनूभूति गरेका छन् । सशस्त्र प्रहरी बलको स्थापना भएको झण्डै दुई दशकतिर पुर्नवासको विचफाँटामा बिओपी स्थापनासंगै सीमा सुरक्षा हुने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुस