कैलाली माघ १६ ,नेकपा विप्लब निकट अखिल क्रान्तिकारीले संगठनमाथि लगाइएको प्रतिबन्ध र विद्यार्थी नेताहरुमाथि थुपारिएका झुट्टामुद्दा खारेज गर्दै बन्दी नेताहरुलाई स(सम्मान रिहाइ गरि समानुपातिक र समावेसी सहितको नयाँ स्ववियु निर्माणका लागि स्ववियु निर्वाचनमा भाग लिने वातावरण बनाउन अखिल (क्रान्तिकारी) कैलालीले जोडदार माग गरेको छ ।

अखिल (क्रान्तिकारी) कैलाली जिल्ला अध्यक्ष सुवास जोशीले प्रेस विज्ञप्ति जारी गरि जिल्लाका सम्पूर्ण क्याम्पस प्रशासनलाई आवश्यक पहल गरि आफ्नो संगठनलाई निर्वाध रुपमा स्ववियु निर्वाचनमा भाग लिने वातावरण बनाउन जोडदार माग गर्नुभएको छ ।
अन्यथा यथास्थितिमा गरिने स्ववियु निर्वाचनलाई सशक्त खारेज गर्न प्रेस बिज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुस