कञ्चनपुर,माघ २१ ,कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा बिहीबारदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्लाफाँटा नगरपालिकाको आयोजनामा १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । शुक्लाफाँटा नगरका प्रवक्ता जगत बहादुर सिंहले प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रवक्ता सिहका अनुसार प्रतियोगिता नगरप्रमुख दिल बहादुर ऐरको संयोजकत्वमा मुल समिति, शिक्षा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र प्रशाद भट्टको संयोजकत्वमा कार्यक्रम कार्यान्वयन उप समिति ।

धर्म जनता माविका प्रधानाध्यापक पिताम्बर जोशीको सयोजकत्वमा सहयोग उप समिति चयन गरिएको छ । ‘प्रतियोगिताका लागि सबै टिम फिल्डमा खटिएका छन, ‘प्रवक्ता सिहले भने, ‘मञ्चदेखि सुचना संचार सबै उप समितिले आ–आफ्नो जिम्मेबारी निर्वाह गरिरहेका छन् ।’ प्रतियोगिताको उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । शुक्लाफाँटा नगरपालिका ७ को स्टेशनपुर स्थित धर्म जनता माविको प्राङ्गागमा प्रतियोगिता उद्घाटन हुनेछ ।

प्रतियोगितामा १८ विद्यालयको सहभागिता हुने छ । १३ सामुदायिक सहित ५ निजी विद्यालय सहभागि हुनेछन् । धर्म जनता माविका प्रअ तथा सहयोग उप समितिका संयोजक पिताम्बर जोशीले विभिन्न २५विधामा प्रतिस्पर्धा गराईने बताए । उनका अनुसार उत्कृठ विद्यालयलाई क्रमम १५ हजार, १२ हजार ५सय र १० हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिने बताए ।

छनौट प्रतियोगिता भएपनि प्रथम, द्वितिय र तृतियहुने विद्यार्थीलाई पुरस्कारका साथै मेडल प्रदान गरिने छ । शुक्लाफाँटा नगरका मेयर दिल बहादुर ऐरले प्रतियोगिता ऐतिहासिक हुने बताए । उनका अनुसार नगरको खेलकुद विकासका साथै खेलकुद क्षेत्रमा थप अभिप्रेरित गराउनका लागि प्रतियोगिताको महत्व रहेको औल्याए ।

नगर प्रमुख ऐरले १ र १० नम्बर वडामा खेल मैदान निर्माण भएको बताउदै नगरस्तरिय कबर्डहल निर्माणका लागि पहल भईरहेको बताए । सागतर्फ मेडल ल्याउन शुक्लाफाँटाका खेलाडी सफल भएको बताउदै उनले प्रतियोगिताबाट खेल क्षेत्रको थप विकासमा जोडदिए । नगर प्रमुख ऐरका अनुसार शुक्लाफाँटाले फागुन पहिलो सातादेखि आरक्षता अभियान समेत संचालन गर्ने बताए । उनका अनुसार मालिका र जन सामुदायिक अध्ययन केन्द्रले त्यसको जिम्मेबारी पाएका छन् ।

कुल २०लाख बजेटमा २हजार ८८२ जनालाई साक्षर गराईने बताए । १५ बर्ष उमेर समुहदेखि ६०बर्षसम्मका असाक्षरलाई साक्षर बनाईने छ । शुक्लाफाँटा नगरपालिकामा तीनदिनसम्म संचालन हुने प्रतियोगितमा जिल्ला स्तरिय प्रतियोगिताका खेलाडी छनौट गरिने छ ।

प्रतिक्रिया दिनुस