काठमाडौं ,माघ २१,नेकपा (क्रान्तिकारी माआवादी) निकटको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरु अमेरिकाले चीन घेर्ने रणनीतिको शिकार नेपाललाई बनाउन खोजेकोमा एक मत देखिएका छन् ।

कार्यक्रममा सहभागी नेताहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० चीनलाई घेर्ने रणनीतिको एउटा अंश भएको दाबी गरेका थिए।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले आयोजना गरेको सर्वदलिय अन्तरकृया कार्यक्रममा विभिन्न दलका प्रभावशाली नेता, परराष्ट्रविद, सिमाविद, प्राध्यापक लगायत २० जना वक्ताहरुलाई बोलाएर भारतद्धारा गरिएको सिमा अतिक्रमण र चर्चाको विषयमा रहेको एमसिसिका बारेमा वक्ताहरुले आ आफ्ना धारणा राख्नु भएको थियो ।
देजमो नेपालका सचिव परि थापाद्धारा सञ्चालित कार्यक्रममा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सिपि गजुरेलको सभापतित्व तथा नेकपा(क्रान्तिकारी माओबावी)का महासचिव क. किरणको प्रमुख आतिथ्यमा भएको थियो ।
उक्त कार्यक्रममा सिपि गजुरेलले अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । त्यसपछि वोल्ने क्रममा सबै वक्ताहरुले लमपसारबाद र देशभक्तवादीहरु विचको अब लडाई लड्नु पर्ने स्पष्ट पारेको थियो ।

कार्यक्रममा नेकपा( क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले राष्ट्रिय स्वाधिनता, सीमा रक्षाको आन्दोलन र एमसीसीको विरुद्ध देशभक्त शक्तिहरु एक भएर लाग्नु पर्नेको विकल्प नभएको बताउनुभयो।

सत्ताधारी दल नेकपाका नेता भीम रावल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋणि कट्टेल, नेकपा माओवादी केन्द्रका कर्णजीत बुढाथोकी लगायतका नेता तथा बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले इन्डो प्यासिफिक सैन्य रणनीति अनुसार अमेरिकाले एमसिसीको आडमा नेपालमा सेना उतार्न खोजेको बताउनुभयो।

उहाँले नेपालमा एमसीसी लागु भए अमेरिकाले नेपाललाई रणभूमिमा परिणत गर्ने बताउनुभयो । गजुरलले एमसीसी एउटा राष्ट्रघाती सम्झौता भएको समेत बताउनुभयो ।

नेता गजुरेलले भारतले नेपालको सीमा मिचेर कालापानीमा आफ्ना सैनिकको अखडा राखेको बताउँदै नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुपर्नेमा जोड दिनुभयो।
सीमा विवादलाई अन्तराष्ट्रियकरण गर्न सरकारले ढिला गरेको उहाँको आरोप छ। सीमा विवादको बिषयमा आवाज अठाउँदा उल्दै दबाब आएको उहाँले खुलासा गर्नुभयो।भारतसँग कुटनीतिक पहल गरेर सीमा समस्या हल नभए यसलाई अन्तराष्ट्रिय करण गरेर भएपनि हल खोज्नु पर्नेमा नेता गजुरेलको जोड थियो ।

कार्यक्रममा सहभागी सत्तारुढ दल नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंश भएकै कारणले नेपालले स्वीकार गर्न नहुने बताउनुभयो।

उहाँले सरकारले ५५ अर्बको लोभमा परेर राष्टघाती निर्णयको पछि परेको उहाँले दावी छ। सेवाप्रदायक संस्था एनसेलको ६८ अर्ब मिनाहा गर्न सक्ने सरकार अमेरिकाले बिच्छ्याएको ५५ अर्बको जालमा पर्न तम्सिएको उहाँले बताउनुभयो।सत्ताधारी दल नेकपाले एमसिसी अध्ययनको लागि गठन गरेको कार्यदलका सदस्य समेत रहनुभएका नेता रावलले एमसीसीको बिषयमा आफुले भन्दा पनि प्रमाणलाई नै बोल्न लगाउने रणनीतिमा लागिपरेका बताउनुभयो। उहाँले भन्नुभयो , ‘दुईतिहाइको सरकारले बनाएको संविधानलाई ५५ अर्बको सम्झौताले संशोधनसमेत गर्नुपर्ने कस्तो बाध्यता हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले एमसिसी अमेरिकाको चीन घेर्ने रणनीति भएको बताउनुभयो । त्यसैगरी कट्टेलले भारतले नेपाली सीमा कब्जा गर्नु युद्ध नभएर महायुद्ध बराबर भएको बताउनुभयो।

त्यसैगरी नेकपा माओवादी केन्द्रका कर्णजीत बुढाथोकीले विश्वभर कब्जा गर्ने अमेरिकाको योजनामा नेपाल पनि फस्न लागेको भन्दै एमसीसी देशका लागि अहिलेसम्मकै घातक हुने बताउनुभयो । उहाँले भन्नुभयो – ‘चीन घेर्ने रणनीतिमा नेपालाई अमेरिकाले प्रयोग गर्न खोजेको छ। तर, सत्तासिन दलले त्यो बुझ्न सकेन ।’

सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले एमसिसी भित्र बिष भएको ५५ अर्बको गुलियो वस्तुमा नेकपा सरकार लालायित भएको बताउनुभयो। उहाँले सरकार बाह्य शक्तिमा केन्द्रीत भएको बताउँदै दुई तिहाइको सरकार सिमा विवादलाई समाधान गर्नको पक्षमा नलागेर भारतीय इसारामा लम्पसार परेको बताउनुभयो।

त्यसैगरी राजनीतिक बिश्लेषक श्याम श्रेष्ठले एमसिसी इन्डो प्यासिफिक रणनीतिकै अंश भएको बताउनुभयो।
अमेरिकाले नेपालमा लाद्‍न खोजेको एमसिसी इन्डो प्यासिफिक रणनीतिकै अंश भएको स्पष्ट हुँदा पनि सरकारले यसलाई स्विकार गर्नै पर्छ भन्‍ने अडान लिएकोले त्यसमा शंका पैदा भएको उहाँको भनाई थियो।
नेताहरुले नबुझेर भन्दा बुझ्‍न नचाहेर यसको सर्मथन गर्दै आएको उहाँको दावी छ।

प्रतिक्रिया दिनुस