काठमाडौं ,देशभक्त गणतान्त्रिक मोर्चा नेपालले मंगलबार काठमाडौंमा गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रियामा कार्यक्रममा सत्तारुढ दल नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंश भएकै कारणले नेपालले स्वीकार गर्न नहुने बताउनुभयो।

उहाँले सरकारले ५५ अर्बको लोभमा परेर राष्ट«घाती निर्णयको पछि परेको उहाँले दावी छ। सेवाप्रदायक संस्था एनसेलको ६८ अर्ब मिनाहा गर्न सक्ने सरकार अमेरिकाले बिच्छ्याएको ५५ अर्बको जालमा पर्न तम्सिएको उहाँले बताउनुभयो।

सत्ताधारी दल नेकपाले एमसिसी अध्ययनको लागि गठन गरेको कार्यदलका सदस्य समेत रहनुभएका नेता रावलले एमसीसीको बिषयमा आफुले भन्दा पनि प्रमाणलाई नै बोल्न लगाउने रणनीतिमा लागिपरेका बताउनुभयो ।

प्रतिक्रिया दिनुस