कञ्चनपुर ,माघ २१ ,महेन्द्रनगरदेखि बिभिन्न ठाउका लागि यातायात सेवा दिईरहेको पवनदुत बस व्यवसायी कम्पनीले अव महेन्द्रनगरदेखि देहरादुनसम्म यातायात सेवा विस्तार गरेको छ । नेपाल भारतविच भएको मैत्रीपुर्ण यातायात सेवा अन्तरगत पवनदुत बस व्यवसायी कम्पनीले महेन्द्रनगरदेखि देहरादुनसम्मको यातायात सेवा विस्तार गरेको हो ।

यस अघि पवनदुतले महेन्द्रनगर दिल्लीसम्म यातायात सेवा विस्तार गरिसकेको थियो । यात्रुको मागलाई मध्यनजगर गर्दै महेन्द्रनगरदेखि देहरादुनसम्म सिधै बस सेवा विस्तार गरेको पवनदुत कम्पनीले जनाएको छ । पवनदुत बस व्यवसायी कम्पनीका अध्यक्ष धर्मसिह महराले यातायात सेवाको बृद्धि विकास र यात्रुलाई सुविधा दिलाउनका लागि देहरादुनसम्म यातयात सेवा विस्तार गरिएको बताए । ‘बुधबार अनौपचारिक रुपमा नयाँ सेवाको उद्घाटन गरिन्छ, ‘अध्यक्ष महराले भने, ‘हाम्रो सेवा यात्रुको सन्तृष्टी नै हो ।’ प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले पनवदुत बस व्यवसायी कम्पनीले शुचारु गर्ने यातायात सेवाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ७ सय रुपैया भाडा निर्धारण गरिएको छ । एसी डिलक्स सहितको सेवा प्रदान गरिने अध्यक्ष महराले बताए ।

पवनदुत यातायात बस व्यवसायी समितिको रुपमा संचालित कम्पनीमा परिणत भएको छ । सबै बस समितिलाई सरकारले कम्पनीमा परिर्वतन गरेर सेवा विस्तार गरेपछि पवनदुत पनि कम्पनीमा गएको हो । पवनदुतले कञ्चनपुरदेखि संघीय राजधानी काठमाण्डौँ, भारतको राजधानी दिल्ली सहित नेपालका विभिन्न जिल्ला र भारतमा समेत पछिल्ला बर्षहरुमा सेवा विस्तार गरिरहेको छ । महेन्द्रनगरदेखि सिधै देहरादुन र यतादेखि यता सिधै महेन्द्रनगरसम्मको सेवा विस्तार भएपछि यात्रुलाई समेत राहत पुगेको छ ।

प्रतिक्रिया दिनुस