कञ्चनपुर,माघ २२ ,पवनदुत बस व्यवसायी कम्पनीले महेन्द्रनगरदेखि देहरादुनसम्म यातायात सेवा शुचारु गरकोे छ । नेपाल भारतविच भएको मैत्रीपुर्ण यातायात सेवा अन्र्तरगत पवनदुत बस व्यवसायी कम्पनी कञ्चनपुरले महेन्द्रनगरदेखि देहरादुनसम्मको यातायात सेवा शुचारु भएको हो । पवनदुनले दैनिक महेन्द्रनगरदेखि देहरादुनसम्म एक बस संचालन भएको छ ।

प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले महेन्द्रनगर देहरादुन बसको उद्घाटन गर्दै सुरक्षित यात्राको कामना गरे । कार्यक्रममा प्रदेश सभा सदस्यद्वय लाल बहादुर खडका मान बहादुर सुनारले समेत सेवा विस्तारलाई सुरक्षितमा जोडदिएका छन् । यातायात व्यवसायीहरुले यातायात क्षेत्र जोखिम भएकाले त्यसलाई सुरक्षित प्रर्बद्धनमा जोडदिए । यातायात व्यवसायी कृष्णदेव पन्तले यातायात क्षेत्रमा थुप्रै समस्या रहेको दुखेसो पोखे ।
पवनदुत बस व्यवसायी कम्पनीका संचालक डम्बर विष्टले बुधबारदेखि औपचारिक रुपमा पवनदुत यातायात कम्पनीले बस सेवा विस्तार गरेको बताए । ‘यस अघि पवनदुतले महेन्द्रनगर–दिल्लीसम्म यातायात सेवा विस्तार गरिसकेको थियो, ‘संचालक विष्टले अहिले देहरादुनसम्म पनि सिधै बस सेवा विस्तार गरेका हौँ ।’
यात्रुको मागलाई मध्यनजगर गर्दै महेन्द्रनगरदेखि देहरादुनसम्म सिधै बस सेवा विस्तार गरेको संचालक विष्टले बताए छ ।
पवनदुत बस व्यवसायी कम्पनीका अध्यक्ष धर्मसिह महराले यातायात सेवाको बृद्धि विकास र यात्रुलाई सुविधा दिलाउनका लागि देहरादुनसम्म यातयात सेवा विस्तार गरिएको बताए ।
महेन्द्रनगरदेखि देहरादुनम्मको चार सय २३ किलोमिटर दुरीको ७ सय रुपैया भाडा निर्धारण गरिएको छ । एसी डिलक्स सहितको सेवा प्रदान गरिने अध्यक्ष महराले बताए । पवनदुत यातायात बस व्यवसायी समितिको रुपमा संचालित कम्पनीमा परिणत भएको छ । सबै बस समितिलाई सरकारले कम्पनीमा परिर्वतन गरेर सेवा विस्तार गरेपछि पवनदुत पनि कम्पनीमा गएको हो ।

पवनदुतले कञ्चनपुरदेखि संघीय राजधानी काठमाण्डौँ, भारतको राजधानी दिल्ली सहित नेपालका विभिन्न जिल्ला र भारतमा समेत पछिल्ला बर्षहरुमा सेवा विस्तार गरिरहेको छ । महेन्द्रनगरदेखि सिधै देहरादुन र यतादेखि यता सिधै महेन्द्रनगरसम्मको सेवा विस्तार भएपछि यात्रुलाई समेत राहत पुगेको छ । पवनदुत बस व्यवसायी कम्पनीका अध्यक्ष धर्मसिह महराको अध्यक्षतामा भएको कार्यक्रममा पवनदुत यातायात कम्पनीका कार्यालय प्रमुख माधव भट्टले संचालन गरेका थिए ।कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुस