कञ्चनपुर माघ २३ ,सुदूरपश्चिमाञ्चल विश्व विद्यालय प्राध्यापक संघको आयोजनामा प्रथम बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका समस्या र समाधानका उपाय बिषयमा विचार गोष्ठी सम्पन्न भएको छ ।

सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका प्राध्यापक संघका अध्यक्ष उत्तम बहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्ध बहादुर थापा रहेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथि माननीय तारा लामा तमाड़, सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका रजिस्टार डा.गोबिन्द बिष्ट पुर्व रजिस्टार हेम राज पन्त ,समाज सेवी लिला धोज बस्नेत ,भीमदत्त नगर प्रमुख सुरेन्द्र बिष्ट सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका परिक्षा नियन्त्रक देव शिह नाथ ,नेकपा पार्टी जिल्ला अध्यक्ष विर बहादुर थापा ,राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष राम कार्की, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी सितल सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका निवर्तमान डिन डा. चन्दन बोहरा ,पुर्व डिन नारद अवस्थी ,पुर्व डिन भारती जोशी , पुर्व डिन भवानी चन्द्र, पुर्व डिन टेक राज पन्त ,रजिस्ट्रार प्राध्यापक संघका केन्द्रीय कोषाध्यक्ष देव राज अवस्थी ,प्राध्यापक संघका केन्द्रीय सदस्य खगेन्द जोशी्र ,सह परिक्षा नियन्त्रक प्रेम शिह भाट ,सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कर्मचारी संघका कार्यवाहक अध्यक्ष बिनोद जोशी ,सम्पुर्ण शुदुरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पसका प्रमुख लगायत बिभिन्न संघ संस्थाहरुका प्रतिनिधि रहेका थिए ।कार्यक्रमको सञ्चालन प्राध्यापक खेम राज सुवेदीले गरेका थिए ।

कार्यक्रमको शुभकामना मन्तव्य प्राध्यापक संघका उप सभापती मदन शिह बोहराले गरेका छन ।कार्यक्रमका प्रमुख अतिथि डा. बुद्ध बहादुर थापाले विश्व विद्यालय लाई सुधार गर्न सबैले आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए सुदूरपश्चिमाञ्चल विश्व विद्यालयकालाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने सक्ने जनशक्ति उत्पादन गर्ने सबै प्राध्यापकहरुले लाग्नु पर्ने बताउनुभयो ।

अतिथि भीमदत्त नगर पालिका प्रमुख शुरेन्द्र बिष्टले शुभकामना दिदै शुदुरपश्चिमाञ्चल विश्व विद्यालय लाई सुधार गर्ने सबैले आफु बाट सुधार गर्नु पर्ने बताए विश्व विद्यालय लाई अनुसन्धान केन्द्र बनाउनुपर्ने र विश्व विद्यालय अध्ययन गर्ने थलोको रुपमा हुनुपर्ने बताउनुभयो । हामिले विगतमा गरेका कुरा सबै सोचेर फाइदा नहुने भन्दै अव विश्व विद्यालयको समग्र विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो ।

राजनितक दलका प्रतिनिधिले शुभकामना दिदै शुदुरपश्चिमाञ्चल विश्व विद्यालय लाई नेपालकै उत्कृष्ट विश्व विद्यालय बनाउन सबै प्राध्यापक हरुको महत्वपूर्ण भूमिका रहनेभएकाले यस्मा सबै प्राध्यापकहरुले लाग्नु पर्ने सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुस