काठमाडौं , माघ २३, राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो ।बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन व्यवस्थापन समितिले पठाएको पत्रकारले लाइसेन्स लिने व्यवस्था झिकेर विधेयक सर्वसम्मत पारित गरेको छ ।

सांसदहरुले उठाएका प्रश्नहरुलाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पत्रकारले लाइसेन्स लिने बिषय पोर्चुगलमा मात्रै रहेको बताए ।कार्य व्यवस्था परामर्श समितिको बैकठले मिडिया काउन्सिल विधेयकबाट पत्रकारले परीक्षा पास गरेर लाइसेन्स लिनुपर्ने व्यवस्था झिकेर राष्ट्रिय सभामा पेश गर्ने सहमति गरेको थियो । सबै पक्ष सहमत भएको भन्दै मन्त्री बास्कोटाले खुसी प्रकट पनि गरे ।

पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था आफैँमा नराम्रो नभएको पनि मन्त्री बास्कोटाले बताए ।सेकेण्ड सेकेण्डमा परीक्षण हुने कुरा र परीक्षणभित्रै जीवन निरन्तरता वा मृत्युको संभावना बोकेको क्षेत्रलाई आफैँ कम्पिटिटिभ छ भने त्यो व्यवस्था (लाइसेन्स) किन त भन्ने कुरा हो । विश्वविद्यालयबाट आउने कुरा भयो’ पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिक्नुको कारण दिँदै मन्त्री बास्कोटाले भने ।यद्यपी, पत्रकारले लाइसेनस लिनुपर्ने व्यवस्था आफैंमा भने नराम्रो नरहेको उनले बताए । ।(अनलाईनखबरबाट)

प्रतिक्रिया दिनुस