अंकिता भट्ट ,कञ्चनपुर माघ २४ , कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरको धर्म जनता माध्यामिक विद्यालयमा बिहिबार देखि १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ। बिहिबार प्रतियोगिताको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका छन । उद्घाटन गर्दै मन्त्रि भट्टले मुलुकको समृद्धिका लागि राष्ट्रिय गौरबका योजना कार्यान्वन गरिने बताउनुभएको छ ।मन्त्री भट्टले सरकारले समृद्धि नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थकता दिनका लागि गौरबका योजनालाई प्रथामिकतामा राखेर अघि बढाईएको बताए ।

कञ्चनपुरको महाकाली नगरपालिका ७ दोधाराचाँदनीमा बन्ने भनिएको सुख्खा बन्दरगाह शिघ्र कार्यान्वन गरिने समेत बताउनुभएको छ । सुख्खा बन्दरगाह संचालनका लागि मन्त्रालयले थुप्रै प्रकृया अघि बढाईसकेको बन्दरगाह संचालनमा नआउदा यस क्षेत्रको विकासमा फड्को मार्न सकेको छैन, ‘मन्त्री भट्टले भने, सुख्खा बन्दरगाहको शिघ्र कार्यान्वयनका लागि सचिव स्तरिय वार्ता टोलीले काम अघि बढाएको छ ।

 

शुक्लाफाँटा नगरपालिका नगर प्रमुख दिल हादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नर बहादुर धामी ,अतिथि माननिय दिपक प्रकाश भट्ट , प्रदेश सभा सदस्य महेश दत्त जोशी ,प्रदेश सभा सदस्य लाल बहादुर खड्का नेकपा पार्टी जिल्ला अध्यक्ष विर बहादुर थापा नेकपा (क्रानितकारी माआवादी) सुदूरपश्चिम प्रदेस सेक्रेटरी राम बहादुर महरा लगायत रहेका थिए । कार्यक्रममा बिभिन्न वडाका जनप्रतिनिधि रहेको पनि सहभागि रहेका थिए । कार्यक्रकको सञ्चालन शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य प्रर्मा नन्द जाशीले गरेका थिए । १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता नगरपालिका १२ ओटा विध्यालयको सहभागि रहेको छ ।

प्रतिक्रिया दिनुस