कञ्चनपुर माघ २४ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वाड – १ बन्शाह भर्कुण्डामा एक गाई गोठमा आगलागी भएको छ । शुक्रबार  १: ३० बजे धिर्क बहादुर ऐरको गाई गोठमा आगलागी भएको हो ।

आगलागि बाट धिर्क बहादुर ऐरको १० वर्षिया छोरी सृष्टि ऎरको मृत्यु भएको छ । नजिकैको जंगलबाट टिपेर ल्याएको तेजुफल गाईगोठको भुषा राख्ने ठाउमा लुकाउने बेला आफैले बोकेर लगेको लाईटर बाट आगलागि भएको ईलाका प्रहरी झलारीका प्रहरी निरिक्षक र्धमेन्द्र रावल जानकारी दिनुभयो । आगलागिबाट गाईगोठ जलेर पुर्ण क्षेति भएको छ ।मृतकको सव पोष्टमाटमको लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुस