
कैलाली माघ २४ ,सरकारको गलत कदम विरुद्ध धनगढीमा विभिन्न नौँ दलले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका छन् । सरकारले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता सम्बन्धी विधेयक पास गर्न खोजेको र कालापानि नेपालको भुमी भारतिय नक्सामा देखा पर्दा समेत सरकार मौन बसेको भन्दै बिभिन्न ९ दलले शुक्रबार धनगढीमा बिरोध प्रर्दशन गरेका हुन ।
अमेरिकी सरकारको सहायता कोष एमसीसीमार्फत नेपालमा आफ्नो हस्तक्षेप बढाउने कार्य राष्ट्रका लागि अनुपयुक्त भएको भन्दै ती दलले विरोध जनाएका छन ्। शुक्राबार धनगढीमा नेकपा मसाल, नेकपा (क्रान्तिकारी) माओवादी, राजमो, देजमो, नेकपा (माले), नेकपा (माओवादी केन्द्र), जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा माघ २४ गते धनगढीको क्यामस चोक देखी विरोध ¥याली निकाल्दै पार्क मोडमा कोण सभाको आयोजना गरेका छन्।
 सीसी विधेयक ल्याउन खोजेको भन्दै देशव्यापी विरोध स्वरुप सुदूरपश्चिमको अस्थाई राजधानि धनगढीमा पनि बिरोध सभाको आयोजना गरीएको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नन्दराज भट्टले बताए ।
सीसी विधेयक ल्याउन खोजेको भन्दै देशव्यापी विरोध स्वरुप सुदूरपश्चिमको अस्थाई राजधानि धनगढीमा पनि बिरोध सभाको आयोजना गरीएको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष नन्दराज भट्टले बताए ।
कोण सभामा बोल्दैनेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रिय सदस्य रामबहादुर केसीले सरकारले एमसीसी विधेयक कुनै पनि हालतमा पारीत गर्न नहुने बताए । उनले उक्त विद्येयकलाई राष्ट्रघाती विधेयकको संज्ञा दिए । कोण सभामा स्वागत मन्तव्य राख्दै नेकपा क्रान्तिकारी माओवादी प्रदेश सेक्रेटरी राम बहादुर महराले जनताले दुई तिहाई मत दिएर जिताएकोले केपि आलीको सरकार दुई तिहाईको मात लागेको बताए । कुनै पनि हालतमा (एमसीसी) सम्झौत खारेज हुनुपर्ने बताएका छन । बिराध सभाको सञ्चालन माओवादी केन्द्रका नेता लोकराज जैसीले गरेका थिए ।



 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    