काठमाडौं माघ २८ , नेपापा (क्रान्तिकारी माआवादी) पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।

सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दवाब दिएको दाबी गरेको छ।पूर्वसांसद तथा देजमो नेपालका अध्यक्ष सिपी गजुरेलसहितका नेताहरु सभामुखलाई ज्ञापनपत्र बुझाउन पुगेका छन।

सभामुख सापकोटाले ज्ञापनपत्र बुझेपछि एमसिसीबारे अझै गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो क्षेत्राधिकारअनुसार नै आवश्यक कदम चाल्ने पनि स्पष्ट पारे।उनले भेटबारे कुनै कार्यक्रम नै नभएकाले स्वीकार र अस्वीकारको एमसिसी संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र ।

प्रतिक्रिया दिनुस