कञ्चनपुर माघ २८,नेकपा विप्लव पार्टी निकट युवा संगठन नेपाल कञ्चनपुरको अध्यक्षमा युवा नेता प्रभाव चयन भएका छन् । युवा संगठन नेपाल कञ्चनपुरको भीमदत्त नगरपालिका सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट प्रभाव अध्यक्षको अध्यक्षतामा १७ सदस्यीय चयन भएका हुन् ।

युवा संगठन नेपाल कञ्चनपुरका अध्यक्ष दिग्विजयको अध्यक्षतामा सम्पन्न भएको भेलामा नेकपा कञ्चनपुरका नेता, कार्यकर्ता, युवा संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

युवा संगठन नेपाल कञ्चनपुरका नयाँ अध्यक्ष प्रभावले आम युवाको समस्यालाई अध्ययन गर्दै युवाको हकहितका साथै पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ अघि बढाउने जनाएका छन् । उनलाई सहकर्मी तथा पार्टीका नेता कार्यकर्ताहरुले बधाई तथा शुभकामना दिईरहेका छन् । नेकपा विप्लवको पार्टीमाथी गत फागुनदेखि प्रतिबन्ध लागेको छ ।

प्रतिक्रिया दिनुस