सिन्धुपाल्चोक ,माघ २९, सिन्धुपाल्चोकमा रुघाखोकीबाट ३०० बिरामी परेका छन तर बिरामी धेरै भएपनि कोरोना भाइरस नभएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
,सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीले सिंगो बस्ती नै आक्रान्त भएको छ ।रुघाखोकीबाट सिंगो गाउँ बिरामी परेपछि गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठको नेतृत्वमा चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार सुरु गरेका छन् । मौसमी रोगका कारण गाउँका तीन सय बढी बिरामी भएका छन् ।

बालबालिका र वृद्धाहरु बढी मारमा परेको गुम्बामा पुगेको चिकित्सकहरुको टोलीले जानकारी दिएको छ।‘फ्लु वा भाइरल ब्रेक हुन सक्छ । ल्याब टेस्ट गर्नु जरुरी छ । ३र४ जनामा स्वासप्रस्वास समस्या छ तर के कारण भन्न सकिन्न’, कोरोनाको संकेत हालसम्म नदेखियको डाक्टर पिताम्बर खनालले जानकारी दिए ।

बिरामीहरुको अहिले गुम्बामा रहेको स्थानीय सामुदायिक स्वास्थ्य केन्द्रमा राखेर उपचार भइरहेको छ ।गाउँमा रहेको स्कुलले बिद्यार्थीहरु समेत यो रोगको चपेटामा परेपछि बिद्यालय बन्द गरिएको छ । ल्याब टेस्ट पछि मात्रै रोगको पत्ता लाग्ने चिकित्सकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुस