कञ्चनपुर, फागुन २,
कञ्चनपुरको कृष्ण सामुदायिक वनमा अज्ञात समुहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरको कृष्ण सामुदायिक वनमा गयतराती अज्ञात समुहले आगजनी गरेको हो । कृष्ण सामुदायिक वनका अध्यक्ष दान बहादुर बोहराले कार्यालयको ताला तोडेर आगजनी गरेको बताए ।

उनका अनुसार कुर्सी, डिजे सेट, ईलेलेक्ट्रोनिक समान, साउण्ड टेण्ड लगायत जलेर नष्ट भएका छन् । ईलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरले आगलागीको घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । इप्रका झलारीले कसले किन रु के लागि आजगनी गरेको विषयमा छानबिन गरिरहेको जनाएको छ ।

उपभोक्ताहरुले भने सार्वजनिक क्षेत्रमा आगजनी गर्ने समुह, व्यक्तिको पहिचान गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् । शुक्लाफाँटाका जनप्रतिनिधीले समेत आगजनीको भत्र्सना गरेका छन् ।

शुक्लाफाँटाका नगरपालिका ११ का वडाध्यक्ष दिल बहादुर बुढाले समाजिक बिरोध कार्य भएकाले दोषि उपर कार्बाहीको माग अघि सारे । वडाध्यक्ष बुढाले जागजनी गर्ने समाजिक बिरोधी, संरक्षण बिरोधी जो सुकै भएपनि कानुनी कार्बाहीको माग अघि सारे उनले दोषि बचाउने भन्दा गलत कामको परिमाण भोकाउन सबैको सहयोग आवश्यक रहेको माग गरे । उनले कसैलाई बचाउने कसैलाई डुबाउने खेल गर्न नहुने समेत तर्क राखे । आम उपभोक्ताले आगजनीको भत्र्सना गरेका छन् । समाजको विकास बिरोधी तत्व समुहको संज्ञा दिएका हुन् । उक्त सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुस