दिपकराज भट्ट्
डडेल्धुरा फल्गुन ४ ,सामुदायिक बिद्यालय तर्फ आकर्षण बढाउन डडेल्धुरामा बिद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।चाईना फाउन्डेसन र सफा सुनौलो नेपालको सहयोगमा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकको समन्वयमा सामुदायिक बिद्यालयमा अध्ययनरत बालवालिका लाई झोला वितरण गरिएको हो ।
अभिभावक तथा बिद्यार्थीहरुको आकर्षण निजि बिद्यालय तर्फ बढ्दै गएका बेला जिल्ला सदरमुकाम अमरगढी नगरपालिका भित्रका सामुदायिक बिद्यलयमा अध्ययनरत बिद्यार्थीहरु लाई स्कुल ब्याग संगै शैक्षिक सामाग्री समेत दिईएको हो। अमरगढी नगरपालिका–२ मौरडामा रहेको बैजनाथ माविमा शुक्रबार झोला वितरण कार्यक्रमको आयोजना गरी नगरपालिका भित्रका १३ वटा बिद्यालयका बिद्यार्थीहरु लाई झोला संगै कापि, सिसाकलम, ज्यामेट्रिबक्स र कलरबक्स दिईएको छ । डडेल्धुराका ९१ बिद्यालयका एक हजार एक सय ५५ बिद्यार्थीहरु लाई झोलाई दिईने छ। शुक्रबार अमरगढी नगरपालिका भित्रका १६ वटा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई झोला वितरण गरिएको छ।

छात्रालाई रातो र छात्रलाई हरियो रंगको झोला वितरण गरिएको छ।नेपालका ६३ जिल्लाहरुमा झोला वितरण गर्ने अभियान अन्तर्गत डडेल्धुराका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु लाई झोला वितरण गर्न लागिएको हो। बिद्यार्थीहरु लाई झोला वितरण गर्दै जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिको पढाईमा सघाउन अभिभावकहरु लाई आग्रह गरे।
उचित गुणस्तरिय शिक्षा दिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको नै मुहार फेरिने भएकाले आफ्ना नानिवाबुहरुको बढाईमा बिषेश ध्यान दिन अभिभावक र शिक्षक लाई उनको आग्रह थियो।
झोला र थोरै भए पनि सहयोगी संस्थाले शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद दिदै उनले बालवालिकाको पढान पाढनमा अभिभावकले ध्यान दिनु पर्ने उनको भनाई थियो। सात वटै स्थानिय तहमा रहेका सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु लाई झोला वितरण गर्ने कार्यक्रम अन्तर्गत पहिलो चरणमा अमरगढी नगर झोला वितरण गरिएको रुडकुका कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन।
सात वटा अस्थानिय तह रहेको डडेल्धुराका सबै स्थानिय तहमा पुगि बिद्यार्थीहरुलाई झोला वितरण गरिने उनले बताईन। बिद्यार्थीहरु लाई होसला प्रदान होस भन्ने उद्देश्यले झोला संगै शैक्षिक सामाग्री दिईएको उनले बताईन।
बिद्यालय नआउने बालवालिकाको आनि बानिको विकास संगै सामुदायिक बिद्यालय तर्फको आकर्ष बढाउन झोला र शैक्षिक सामाग्री दिईएको सहयोगी संस्था सफा सुनौलो नेपालका प्रतिनिधि कृष्ण प्रशाद ढकालले बताए।
सरकारले ल्याएको नँया शिक्षा ऐनमा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु लाई मात्र छात्राबृत्ति दिने उल्लेख गरेकाले महंगो शुल्क तिरी निजि बिद्यालयमा अध्ययन गर्नु भन्दा मेहनत गरी सामुदायिक बिद्यालयमा अध्ययन गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरुले औल्याए।
शिक्षक, अभिभावकले महत्व दिई सामुदायिक बिद्यालयमा उचित गुणस्तरिय रुपमा बिद्यार्थी लाई अध्यापन गराउन सके चर्काे शुल्कको भार कुनै अभिभावक बिद्यार्थीले मोल्नु नपर्नेमा सबैको जोड थियो ।

प्रतिक्रिया दिनुस