कञ्चनपुर, फागुन ४,कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ झर्नासागर स्थित सरस्वती माध्यामिक विद्यालयको अध्यक्षमा चेत बहादुर शाह९ठकुरी० चयन भएका छन् । आइतबार अभिभावकबाट चुनिएका सदस्यको एक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शाहलाई चयन गरेको हो ।
सदस्य तर्फ मनोरज भट्ट, बल बहादुर सिसह, फस्तिा राना, सिता भट्ट, भारगती साउद, शिक्षक प्रतिनिधी जनक जोशी, सदस्य सचिव प्रअ विष्णू सिह भण्डारी र बेलडाँडी गाउँपालिका १का वडाध्यक्ष अमर खत्री पदेन सदस्य रहेका छन् ।
नेकपा बेलडाँडीका युवा नेता समेत रहेका अध्यक्ष शाह बाल्यकालमा त्यही विद्यालयमा अध्ययन गरेका थिए ।
अहिलेसम्मका विद्यालय व्यवस्थापन समितिका चयन भएका अध्यक्ष मध्ये उनी त्यही विद्यालय पढेका व्यक्ति पहिलो अध्यक्ष भएका हुन् ।
उनले बाल्यकालमा अअ र कखरा सिके त्यही विद्यालयमा उनी अध्यक्ष भएकोमा गर्भ गर्छन । ‘मैले यही विद्यालयबाट आधारभूत तह पढेको थिए, ‘अध्यक्ष शाहले भने, ‘आज मलाई अभिभावकले विश्वास गरेर अध्यक्ष बनाए त्यसका लागि म अभिभावक प्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु ।’ आधारभूत तह अध्ययन गर्दाका दिन सम्झिदै अध्यक्ष शाहले उतिबेलाको विद्यालय र अहिलेको विद्यालयमा थुप्रै परिर्वतन, सुधार भएपनि विद्यालयको बृद्धि विकासका लागि पहल गर्ने संकल्प गरे । उनले शैक्षिक, भौतिक र विद्यार्थीको पढाईका रुची बढाउने योजना अघि सारेर अध्यक्ष बनेको बताए ।
अध्यक्ष शाहले आफुलाई अआ कखरा सिकाएका गुरु शिक्षक सहित विद्यालय परिवार, अभिभावकप्रति हार्दिक कृतज्ञता प्रकट गरे । ‘मैले उदेश्य आफ्नो गाउँ ठाँउ र आफैले पनि पढेको विद्यालयको विकास गर्ने हौ, ‘अध्यक्ष शाहले भने, ‘विद्यालयको शैक्षिक अतिरिक्त खेलकुद क्षेत्रको विकासमा समेत ध्यान दिन्छु ।’ सरस्वतीलाई नमुना विद्यालय बनाए यस क्षेत्रका अभिभावकले आफुमाथी परेको आशा, भसोरा र विश्वासलाई बलियो बनाउने उनको भनाई छ । अध्यक्षमा चयन भएपछि उनलाई विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय सरकारले स्वागत तथा बधाई दिएका छन् । उनका सहकर्मी, विद्यालयका पुर्व विद्यार्थीले समेत अध्यक्ष शाहलाई बधाई दिएका छन् । विस २०४८ सालमा स्थापना भएको विद्यालयमा हाल प्राविधिक शिक्षा तर्फ कृषि जेटिए सहितको अध्यापन भईरहेको छ

प्रतिक्रिया दिनुस