कञ्चनपुर फागुन,४ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा साँस्कृति पर्यटन मेला आयोजना हुने भएको छ । ग्रामिण विकास नेपालले फागुन ७ गतेदेखि १२ गतेसम्म शुक्लाफाँटा शिवरात्री सांस्कृतिक पर्यटन मेला आयोजना गर्ने भएको हो । कृषि, पर्यटन, व्यापार, संस्कृति प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागिएको मेला आयोजक समितिका संयोजक दिपकराज भट्टले बताए । उनका अनुसार भ्रमण वर्ष २०२० सफल पार्नका लागि मेलामा कञ्चनपुरका पर्यटकीय स्थलको प्रचारप्रसार गरिनेछ ।

कञ्चनपुरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्ने मेलाको मुख्य उदेश्य रहेको छ,’ उनले भने,‘हामी मेला यहाँको स्थानीय कला संस्कृतिको प्रचारप्रसार गरिनेछ ।’ मेलामा भएको आम्दानीको १० प्रतिशत शुक्लाफाँटा छात्रवृति कोष स्थापना गरिने उनको भनाई छ ।

‘प्रत्येक टिकटमा १० प्रतिशत छात्रवृतिका लागि छुट्याउने छौं,’ उनले भने,‘घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका बस्तुको बजार प्रवद्र्धनमा टेवा पु¥याउने, कृषि क्षेत्रमा आधुनिक एवं नयाँ प्रविधिका उपकरणबारे जानकारी गराउने मेलाको उदेश्य छ
‘मेलाको आवश्यक तयारी भइरहेको छ,’ उनले भने,‘मेलालाई व्यवस्थित बनाउनका लागि सरोकारवाला निकायसँग छलफल गरिररहेका छौं ।’ मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।

मेलामा हाँस्य कलाकार मनोज गजुरेल, गायक पुष्कल शर्मा, टंक बुयाथोकी, मस्टिर आरजे, चक्र बम, नविन पौडेल, सुरेश शाही, गायिका रेखा जोशी, चन्द्रिका ओझा, सविता आलेमगर, बाल कलाकार एआर बुढाथोकी, अशोक दर्जीलगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस