एजेन्सी ,चीनले लगातार तेस्रो दिन कोरोनाभाइरसको नयाँ सङ्क्रमितको सङ्ख्या घटेको बताएको छ।आइतवार चीनमा २,००९ जना नयाँ बिरामी र थप १४२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

यो हप्ताको सुरुमा नयाँ बिरामी गन्ने तरिकामा परिवर्तन गरिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढे पनि त्यस यता लगातार घटेको हो।अहिलेसम्म कूल ६८,००० लाई चीनमा कोरोनाभाइरसले सङ्क्रमण गरेको र मृत्यु हुनेको सङ्ख्या १,६६५ पुगेको छ।
BBc बाट

प्रतिक्रिया दिनुस