काठमाडौं फाल्गुन ४ , शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ ।सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले नया विज्ञापन खोल्ने तयारी रहेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले बताउनुभयो ।

सूचना अधिकारी आचार्यले माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तह गरि झण्डै ७ देखि ८ हजारसम्मको संख्यामा विज्ञापन गरिने बताए । ‘अब हामीले त अनुमान नै गर्ने हो, उमेरको कारणले अवकाश हुने भनेको २ देखि ३ प्रतिशत नै हो जम्मा दरबन्दीको, अब अन्य कतिपय जिल्लामा शैक्षिक रुपमै राजिनामा दिएका हुन्छन्, ठाक्कै अहिले यति नै भन्न सकिदैँन्’, उनले भने, ‘तर हाम्रो मोटामोटी अनुमान भनेको ७ देखि ८ हजारसम्मको संख्यामा हो, तर यो तर हाम्रो एकिन र आधिकारीक तथ्याङ्ग होइन् अनुमान मात्रै नै हो । एस काठमाण्डौं बाट

प्रतिक्रिया दिनुस