काठमाडौं,फाल्गुन ४ , बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । संसदकी एक महलिामाथि बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले महरालाई सफाइ दिएको हो ।

मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासमा ४ फागुनमा बहस सकिए पनि समय अभाव देखाउँदै मुद्दालाई हेर्दाहेर्दैको सूचीमा राखिएको थियो । अन्तिम बहसमा महराको तर्फबाट वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ता डा। दिनमणी पोखरेल, अधिवक्ता सुशील सापकोटा र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेको अवस्थामा कसुर गरेको भन्दै थप साढे दुई वर्ष गरी साढे सात वर्ष कैद हुनुपर्ने मागदाबी थियो ।

प्रतिक्रिया दिनुस