कञ्चनपुर, फाल्गुन ७ ,कञ्चनपुरका १५ जना कैदीबन्दीको कैद मिनाहा गरीएको छ । राष्ट्रिय प्रजातन्त्र दिवशको अवशर पारेर राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरीका ३ सय २९ कैद बन्दीको कैद मिनाहा गरेपछि कञ्चनपुरका १५ जना कैद बन्दीको पनि कैद मिनाहा गरीएको हो।

जिल्ला कारागार कञ्चनपुरका जेलर स्यामराज भट्टका अनुशार बिभिन्न मुद्धामा ४–८ वर्ष कारागार सजाय तोकिएका १५ जना कैदीको कैद मिनाहा गरीएको छ। कर्तव्य ज्यान मुद्धामा कञ्चनपुरका पदम सिहं महरा, फुलपाति चौधरी, नर बहादुर बोहरा, पावर्ती बोहरा, मान बहादुर लुहार,रोहित सार्कि, विष्णु नाथ, महेन्द्र सिह बोहरा, पदम राज बोहरा, कैलालीका सुवास चौधरीको कैद मिनाहा गरीएको जेलर भट्टले जानकारी दिए।
त्यस्तै वन सम्बन्धीको मुद्धामा चुन्नु चौधरी, राजु चौधरी, देवसिह रानाको पनि कैद मिनाहा गरीएको छ। त्यस्तै कृते काजगात ठगिमा कारागार जिवन विताईरहेका कञ्चनपुरका निर्मल खडायत, सवारी ज्यान अन्र्तगतका पुतु लाल रानाको पनि कैद मिनाहा गरीएको जेलर भट्टले जानकारी दिए।
उनले कारागारमा सभ्य व्यवहार देखाएको, सुधार तर्फ केन्द्रीत भएको तथा जिवनलाई महत्वपुर्ण ठानि गलत कार्यको परीणाम नराम्रो हुने भन्दै समाज सुधारमा केन्द्रीत हुने अवस्था देखिएपछि देशै भरीबाट कञ्चनपुरका बढी कैदी मिनाहा गरीएको जानकारी दिए।

प्रतिक्रिया दिनुस