कञ्चनपुर,फागुन ७ ,प्रतिबन्धित नेकपा विप्लवका पुर्व केन्द्रीय सदस्य देविदत्त पाण्डेयले विप्लव पार्टी परित्याग गरेका छन् । प्रजातन्त्र दिवसकै दिन बुधबार एक प्रेस विज्ञप्ती जारी गरेको पाण्डेयले विप्लव परित्याग गरेका हुन् ।

जनयुद्धदेखि नै माओवादी आन्दोलनमा जोडिएका बामपन्थी नेता पाण्डेले विप्लव पार्टी छाड्दै सेती महाकाली मुक्ति मञ्च नेपालको नेतृत्व सम्हालेका छन् । महान जनयुद्धमा शुरुवातदेखि अन्तसम्म क्रियाशिल रही आएको अन्तमा त्यसको मुल नेतृत्वबाट जनयुद्धको लक्ष्य र उदेश्य माथि धोका र गद्दनरी भएपछि विप्लवले नेतृत्व गरेको पुर्नगठित नेकपाको केन्द्रीय तहमा रही आएको अवगत गराउदै पाण्डेयले पार्टीको कुनैपनि जिम्मेबारीमा नरहेको जनाएका छन् ।

‘पार्टीले स्थायी समिति र पोलिटब्यूरो विघटन सहित केन्द्रीय समितिको संख्या समेत घटाएपछि आफु कुनैपनी जिम्मेबारीमा नरहेको दावि गरेका छन् । पार्टीमाथी लागेको प्रतिबन्ध अघि आफु भारतमा रहेको समेत जनाएका छन् । सरकारले प्रतिशोधका कारण आफुलाई नेपालमा झुटा मुद्दा लगाएको समेत दुखेसो पोखेका छन् ।

‘म अहिले कुनै पनि पार्टीको भूमिकामा छैन, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘तर देश र जनताप्रतिको उत्तरादायित्व बाट भने पछि हट्ने छैन जीवन रहुन्जेलसम्म ।’ आफु बामपन्थी अभियन्ताको रुपमा निरन्तर देश जनताको मुक्तिका कृयाशिल हुने समेत जनाएका छन् ।

स्वतन्त्र नागरिक तथा बुद्धिजिवी, प्रगतिशिल बामपन्थीलाई समेटेर सेती महाकाली मुक्ति मञ्च नाम संख्या खडा गरेका छन् । शान्ति, समृद्धि, सुशासन, पहिचान र स्वाधिनताको पक्षमा पहल गर्ने जनाएका छन् । मञ्च देशको सर्वाङ्गीण विकास प्रगति व्यक्तित्वलाई समाहित हुन आब्हान गरेको छ ।

प्रतिक्रिया दिनुस