दिपकराज भट्ट्
डडेल्धुरा फाल्गुन ,डडेल्धुरामा छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका बुवालाई आज कारागार चलान गरिएको छ । छोरीलाई जबरजस्तीकरणी गरेको आरोपित बुवालाई जेल कारागार चलान गरिएको हो।
आफ्नै १६ वर्षीया छोरीलाई डरधम्की देखाइ पटक–पटक जबरजस्तीकरणी गरेको आरोपमा ती बुवालाई जिल्ला अदालत डडल्धुराले पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
विगत ६ महिनादेखि जबरजस्तीकरणी गरेको भन्ने पीडितको जाहेरीको आधारमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक व्यक्तिलाई प्रहरीले गत माघ २० गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुस