कञ्चनपुर,फाल्गुन १२,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडी क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले अवैध बोईलर कुखुरा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल ३५ नम्बर हेवा शैलेश्वरी गणबाट खटिएको टोलीले आइतबार बिहान अवैध रुपमा भारत बाट ल्याईएका बोईलर कुखुरा बरामद गरेको हो ।

बेलौरीदेखि झलारी तर्फ तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले शुक्लाफाँटा नगरपालिका १२ कालागौडी क्षेत्रबाट चार थान मोटरसाईकल सहित बोईलर कुखुरा बरामद गरिएको थियो ।चार सय थान १० क्विन्टल २ लाख ४० हजार रुपैयाँ बराबरको ब्रोईलर कुखुरा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले कुखुरासहित तस्करी गर्न प्रयोग गरिएका चार थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।से २ प ६८३ नम्बर प्लेटको कालो रङ्गको साईन मोटरसाईकल, म १ प ४६९ नम्बर प्लेटको रातो रङ्गको यमाहा, म २ प १२६४ नम्बर प्लेटको कालो रङ्गको डिस्कवर र एउटा यु.पी.३१ वि.सी ८५०१ भारतीय नम्बर प्लेटको रातो रङ्गको साईन मोटरसाईकल नियन्त्रणमा लिईएको छ ।

अबैध रुपमा कुखुरा ल्याउँदै गर्दा सशस्त्र प्रहरीको टोली देखेपछि तस्कर मोटरसाईकल छाडेर भागेका थिए । बरामद गरिएको कुखुरा पशु क्वारेन्टाईन चेक पोष्ट गड्डाचौकीका प्राविधिक देवदत्त विष्ट, शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गणपति विर सिंह शाहु र संचारकर्मीको रोहबरमा नष्ट गरिएका छन् । भने चारै मोटरसाईकल भन्सार चलान गरिएका छन् । बेलौरी क्षेत्रबाट सेटिङ्गमा ल्याईएका अवैध बोईलर कुखुरा झलारी नपुग्दै सशस्त्र प्रहरीको फन्दामा परेपछि तस्करको योजना विफल भएको छ ।

बेलौरी नाका भएर भारतबाट अवैध रुपमा ल्याईएका बोईलर शैलेश्वरी गणले बरामद गरेपछि उताबाट सहजै सेटिङ्ग गरेर ल्याएको र यतापुग्दा पक्राउ गरिएको स्थानीयको बुझाई छ । स्थानीयले सीमा क्षेत्रमै अवैध प्रतिबन्धित पशुपन्छी ओर्सानमा रोक लगाउनुपर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुस