कञ्चनपुर पलल्गुन १२ ,कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा संचालित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको साँतौँ दिन मेलामा कलाकार ज्याति मगरले गित गाए पछि लफडा मच्चिएको छ ।
‘कलाकार ज्योती मगरले स्टेजमा गित गाउँदै दिउँसोका दाजु रातीका सोल्टा भनेपछि’ केही दर्शकहरुले ज्योती ब्याक भन्दै होहल्ला गरे पछि लफडा शुरु भएको ‘प्रत्यक्षदर्शी विध्यार्थी नेता रमेश पन्तले भने, ‘त्यतिकैमा एक हुलले कलाकार ज्योतीमाथी ढुङ्गा प्रहार गरे ।’ संगै नाचिरहेका अनेरास्ववियुका नेता भुवन सिह विष्टमाथी प्रहरीले बर्ता हुन्छन, भन्दै नियन्त्रणमा लिएर मरणासन्न हुने हिसाबले कुटपिट गरेको उनले बताए । विद्यार्थी नेता भूवन सहितका अन्य चार जनालाई समेत मेला बिथोलिएको भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएसकेपछि र प्रहरी भ्यान भित्र राखेपछि मरणासन्न हुने हिसाबले कुटेर घाईते बनाएको प्रत्यक्षदर्शी पन्तले बताए । ‘भुवनको दुवै हात, पिठ्यु टाउको र भित्रि शशिरमा चोट लागेको छ । तर, प्रहरी निरीक्षक सुरज कार्कीले भने, नियन्त्रणमा लिएपछि कुटपिट नगरिएको दावि गरे ।

प्रहरीको कुटपिट बाट घाईते नेता भुवनको महाकाली अस्पतालमा उपचार भईरहेको छ ।
मानिसलाई मरणासन्न हुने हिसाबले कुटपिट गरेपछि प्रहरीले अस्पताल लैजान समेत आनाकानी गरिरहेकाले विद्यार्थी नेताहरुले प्रहरीको बिरोध गरेका थिए । समान्य भिड हुँदा पनि मनोरन्जनका क्रममा प्रहरीले दर्शकमाथी लाठी बर्साउनुले केही प्रहरीहरु नै मेला भाँड्न उद्यत रहेको विद्यार्थी नेताहरुको आरोप छ ।
कञ्चनपुर प्रहरीले भने मेला बिथोल्ने समुहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुस