कञ्चनपुर फाल्गुन १२ , क्ञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टले आफ्नो र छोराको जन्मदिनमा महाकाली बाल अनाथालयमा खाद्यान्न, फलफुल, मिठाई एव स्टेशनरी वितरण गरेका छन् ।

मेयरका पुत्र सौर्य विष्टको समेत संयोगबस एकै दिन जन्मदिन परेको रहेछ । मेयरका बाबुछोराले जन्मदिन अनाथ बालबालिकालाई सहयोग गरेर मनाए । मेयरका पुत्र सौर्यले ३० जना अनाथ बालबालिकालाई कापी र कलम दिएका छन् भने मेयर विष्ट र नागरिक समाजका पुर्व अध्यक्ष भवराज रेग्मीले संयुक्त रुपमा चामल, दाल, पिठो, फलफुल र मिठाई वितरण गरेका छन् ।

मेयर विष्टका बाबुछोरा र निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक रेग्मीले फजुल खर्चभन्दा अनाथ बालबालिकालाई समान्य भएपनि सहयोग गरेको बताए । महाकाली बाल अनाथालयका अध्यक्ष पुर्ण बहादुर चन्दले भौतिक संरचनाका साथै अनाथालयमा सहयोगका लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुस