काठमाडौं, फाल्गुन १३, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले आजकाठमाडौंमा एमसीसीको खारेजी र भारतीय हस्तक्षेपका विरुद्ध विरोध प्रदर्शनको तयारी गरेको छ ।

दिउसो १ बजे शान्तिबाटिकाबाट जुुलुससहितको प्रदर्शन गरिने र जुलुस बागबजार, पुतलीसडक, पद्मोदयमोड हुँदै भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि विरोधसभामा परिणत हुने बताइएको छ । विरोध प्रदर्शनमा विद्यार्थीहरुको व्यापक सहभागिता रहने संगठनका महासचिव पेशल दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस