कञ्चनपुर ,फाल्गुन १३ ,नेपाल कम्युनिस्ट पार्टी नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले सेम ब्यूरोले फागुन १४ गते शैक्षिक हड्तालमा सहयोग गर्न आव्हान गरेको छ ।
क्रान्तिकारीका ब्यूरो इन्चार्ज बिरेन्द्र शाहले एक बिज्ञप्ती जारी गर्दै आफ्ना नेता कार्यकर्ताको बिना कारण गरेको गिरफ्तारीको बिरोध गरेका छन । उनले वर्तमान सत्ताले हिजोका राजा र पन्चेहरु लाई उछिन्दै मानवअधिकार र नागरिकहरुको मौलिक हकका सम्पुर्ण मुल्यमान्यताहरु लाई बुट मुनि कु’ल्चिएको धारणा व्यक्त गरेकाछन ।
क्रान्तिकारीले सङ्गठनका केन्द्रिय अध्यक्ष र केन्द्रिय कोषाध्यक्ष लगायत विभिन्न जिल्लाहरुमा सङ्गठनका विद्यार्थी नेताहरु लाई गिरफ्तार गरि झुठो मुद’द्दा लगाएर राखिएको भन्दै तीब्र आक्रोश व्यक्त गरेको छ ।
क्रान्तिकारी सेमले सत्ताको दमन, धरपकड र फासीवादी चरित्रका विरुद्धमा स’शक्त रुपमा उभिन सम्पुर्ण न्यायप्रेमी विद्यार्थी मित्रहरू र आम सबैमा हार्दिक अपिल समेत गरेको छ ।
बिज्ञप्ती यस्तो रहेको छ