काठमाडौं फागुन २२ , नेकपा (क्रान्तिकारी माओवादी )निकट रहेको ।अखिल क्रान्तिकारीले देशैभरी एक दिन २३ गते शुक्रबार शैक्षिक हड्तालको घोषणा गरेको छ ।अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले गिरफ्तार गरी झुटा मुद्दामा फसाउँन खोजेको भन्दै अखिल क्रान्तिकारीले फागुन २३ गते शुक्रबार देशव्यापी रुपमा शैक्षिक हड्ताल आव्हान गरेको हो ।

अखिल क्रान्तिकारीका महासचिव पेशल दाहालद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय स्वाधिनताको पक्षमा गरिएको प्रदर्शन, एमसीसीको विरोध, भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको विरोध लगायतका शान्ति पूर्ण जनपक्षीय कार्यक्रम गर्दा विना कारण पक्राउ गरेर लगिएको जनाएको छ ।अखिल क्रान्तिकारीले पक्राउ परेको दुई विद्यार्थी नेतालाई तत्काल रिहा र झुटा मुद्दा खारेजीको माग गर्दै २३ गते आम शैक्षिक हड्ताल आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुस