कञ्चनपुर फाल्गुन २२ ,नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीले गरिएको एक दिने शुक्रवारको शैक्षिक हड्तालको कार्यक्रम फिर्ता लिएको छ । अखिल क्रान्तिकारीले एक प्रेस विज्ञप्ती जारी गरेर बन्द फिर्ता गरेको जनाएको छ ।

कोरोनाको प्रभाबले शैक्षिक संस्थाहरुको बार्षिक परिक्षा चैत्र ५ गते भित्र सकेर विध्यालय बन्द गनुपर्न कार्यक्रमको घोषणा गएिको हुदा बन्द फिर्ता गरेको प्रेस बिज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तिमा राष्ट्रिय स्वाधिनताको पक्षमा शान्ति पूर्ण प्रदर्शन, एमसीसीको विरोध, भारतीय पक्षबाट भएको सीमा अतिक्रमणको विरोध लगायतका जनपक्षीय कार्यक्रम रहने जनाएको छ ।

वक्तव्यमा भनिएको छ, “विश्वव्यापी संकटको रुपमा अगाडि आएको नोबेला कोरोना भाइरसले हाम्रो देशमा पनि पैदा गरेको त्रासदीपूर्ण मनोविज्ञान, जसको आधारमा चैत्र ५ भित्र विद्यालयहरुले अनिवार्य रुपमा बार्षिक परीक्षा सम्पन्न गरिसक्नुपर्ने सरोकारवाला निकायको निर्णय, आम अभिभावकहरुको सुझावपूर्ण अनुरोध र विद्यार्थीहरुको बोर्ड परीक्षालाई समेत विशेष ध्यान दिंदै नेपाली विद्यार्थीहरुको प्रिय र एक जिम्मेवार विद्यार्थी संगठन हुनुको हैसियतले २०७६ फागुन २३ मा हाम्रो संगठनको तर्फबाट गर्ने भनिएको आम शैक्षिक हड्ताल हाललाई स्थगित गरिएको सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”वक्तव्यमा नेताहरुको रिहाई नभएसम्म अन्य संघर्षका कार्यक्रमहरुलाई सशक्त रुपमा अगाडि बढाउने जनाइएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले  गिरफ्तार गरी झुटा मुद्दामा फसाउँन खोजेको भन्दै अखिल क्रान्तिकारीले फागुन २३ गते शुक्रबार देशव्यापी रुपमा शैक्षिक हड्ताल आव्हान गरेको थियो ।

प्रतिक्रिया दिनुस