कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔंकोरोना भाइरस को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं।

कोरोना भाइरसको संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं।

१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा  तथा फेस मास्क  अनिवार्य लगाऔ ।
२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनस् दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफारपरिवर्तन गरौ ।

३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।

४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछिरबन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले हात धोऔ वा ज्बलम क्बलष्तष्शभच को प्रयोग गरौ ।
५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ज्बलम क्बलष्तष्शभच को प्रयोग गरौ ।

६. घरका सबै सदस्यले आ(आफ्नै टुथब्रस, थालीरप्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।
७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ ।
८. रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।

१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनस् प्रयोग गरौ ।
११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुनपानिले राम्रोसंग हात धोऔ ।
१२- यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै क्ष्कयबितष्यल च्ययm मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । ‍मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३- दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ ।
जनता लाइभबाट

प्रतिक्रिया दिनुस