दिपकराज भट्ट, डडेल्धुरा फागुन २१ ,डा गोविन्द केसीले डडेल्धुरा अस्पतालबाट बिरामीलाई निःशुल्क सेवा दिन थालेका छन्। दुई महिना निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न डा केसी मंगलबार डडेल्धुरा आइपुगेका हुन्।
उनले मंगलबार अनौपचारिक रुपमा सेवा दिन थालेका डा केसीले अस्पतालमा स्वयंसेवाको रुपमा औपचारिक कामको थालनी भने बुधबारदेखि गरेका छन ।

डडेल्धुरामा रहँदा उनले अनसन बस्ने वा नबस्ने निर्णय लिने पनि बताएका छन्। आफ्ना मागहरु पूरा नभए अनसन बस्ने उनको योजना छ। ‘अहिले डडेल्धुरा अस्पतालबाट म सेवा दिन आएको हुँ, अरु पछि कुरा गरौंला,’ डा केसीले भने, ‘स्वयंसेवा गर्छु, अस्पतालको कुनै सेवा लिन्न, भाडाको घरमा बस्छु।’गत कात्तिक १८ गतेदेखि आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्न माग गर्दै प्राडा केसीले डडेल्धुरामा १७औँ अनसन समेत सुरु गरेका थिए। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकास लिएपछि डा केसी सो समयमा ९ दिन अनसन बसेका थिए।

प्रतिक्रिया दिनुस