काठमाडौं , चैत, १। युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा२ सय ५० मृत्यु भएको छ यो संख्या हालसम्मकै धेरै रहेको हो ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति भएको छ ।हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी रहेको छ ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । यो समाचार हामिले अनलाइनखबरबाट सभार गरेको छौ ।

प्रतिक्रिया दिनुस