कञ्चनपुर, फागुन ,३०  १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता९साग० मा कुस्तीतर्फ स्वर्ण पदक विजेता संगिता धामीलाई जन्मस्थान दार्चुला जिल्लामा पुरस्कृत एव सम्मान गरिएको छ ।
५५ किलो तौल समुह तर्फ स्वर्ण पदक ल्याएकी संगितालाई शैल्यशिखर नगरपालिकाले नगद पुरस्कारका साथै सम्मान गरेको हो । बिहीबार एक कार्यक्रमका विच उनलाई शैल्यशिखर नगरपालिकाले एक लाख ५ हजार नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको हो ।
शैल्यशिखर नगरका मेयर अमर सिह धामीले साग तर्फ सुदूरकीचेली संगिताले रचेको गौरबपुर्ण ईतिहासको सम्मान स्वरुप उनलाई पुरस्कारका साथै सम्मान गरेको बताए ।
‘महेन्द्रनगरमा संगिताको सम्मान गर्दा मैले पनि केही सहयोग गर्ने घोषणा गरेका थिए, ‘मेयर धामीले भने, ‘बोलेको बाचा पुरा गरेको हुँ ।’ खेल र खेलाडीको हौसलाका लागि समेत नगरालिकाले संगितालाई सम्मान गरेको मेयर धामीले बताए । अन्र्तराष्ट्रियस्तरमा नेपाल र नेपालीको शिरउचो पार्ने काम गरेको भन्दै मेयर धामीले संगितालाई सम्मान गरेको बताए । जन्मभूमीमा सम्मानित हुनुपाएको संगिताले खुसी व्यक्त गरिन् । यस अघि संगितालाई भीमदत्त नगरपालिका ३ नम्बर वडा र भीमदत्त नगरपालिकाले समेत पुरस्कृत गरेको थियो ।
मालिकार्जुन गाउँपालिका ४ हुनैनाथ दार्चुला जन्मेकी संगिता हाल कञ्चनपुरको भीमदत्त नगरपालिका –३ नौलाखेत शान्तिटोलमा बस्दै आएकी छिन् । ५५ किलो तौल समुहमा संगिताले कुस्तीतर्फ ईतिहासै रचेकी थिईन । १९ बर्षिया संगिताले फाइनलमा बंगलादेशकी सर्केर रिमलाई हराउदै स्वर्ण पदम ल्याएकी थिईन् ।

प्रतिक्रिया दिनुस