कञ्चनपुर, चैत्र ७ ,कञ्चनपुर महेन्द्रनगरको सब्जीमण्डी भित्र रहेका मासु पसलमा फोहोरको ढङ्गोलयुक्त छन् । मासु पसलमा छिर्दा झिङगा भन्केर गन्धले उपभोक्ता भित्रनै पस्न नसक्ने अवस्था रहेको छ ।

मण्डी भित्र रहेका ९९ प्रतिशत मासु पसल मापदण्ड विपरित संचालनका साथै मासु बाहिरै हुँदा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ । कुखुरा, खसी, राँगाको मासु फ्रिजमा भन्दा पनि खुुला रुपमा राखेर बिक्रि वितरण भईरहेको छ ।कुखुरा, खसीबाख्रा र राँगा काँटेर जथाभावि फोहोर मिल्काएका छन् । पसल र वरपर क्षेत्रमा फोहोरै फोहोर भेटिन्छ । मासु पसलभित्र छिर्दा नाकमुख थुनेर जानुपर्ने अवस्था आएको छ ।
मासु डिफ्रिजमा राख्नुका साथै मासु पसलमा जाली लगाउनुपर्ने भएपछि उनीहरु लगाएका छैनन् । सब्जीमण्डीका पसलमा अस्वस्थकर मासु बिक्रि वितरण भईरहेको गुनासो बढेपछि भीमदत्त नगरपालिकाले बिहीबार मासु पसलको स्थलगत अनुगमन गरेको छ । भीमदत्त नगरपालिकाले मण्डीभित्र गरेको मासुपसलको अनुगमन शुरु गर्दा केही मासु पसले सटर बन्द गरेर भागेका थिए ।

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले विश्वमा फैलिएको कोरना भाईरसको महामारीबाट जोगिनका लागि मण्डी क्षेत्रमा मासु पसल र केही मिठाई चाउमिन पसलको स्थलगत अनुगमन गरिएको बताए । प्रशासकीय अधिकृत धामीले मासु पसलका संचालकले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाईएको बताए । उनका अनुसार महाकाली पोल्ट्री सप्लायर्स, सब्जे मासु पसल, चन्द पोल्ट्रीफर्म, उराउ मासु पसल, अख्तिमिया मासु पसल, बाबु मासु पसल, न्यू महरा मासु पसल, पाल्पाली मासु पसल, साथी मासु पसल, भण्डारी मासु पसल, मल्ल मासु पसल, नल्मि मासु पसल, हरिब मासु पसल, सन्तोष मासु पसलमा स्थलगन अनुगमन गरिएको छ ।

न्यून महरा मासु पसल, मल्ल मासु पसल र भण्डारी मासु पसल बोहक अन्य मासु पसल मापदण्ड विपरित संचालनमा आएका छन् ।‘तीन मासु पसलमा जाली लगाईएको भेटियो, उनीहरु मापदण्ड अनुसारै संचालनमा छन, ‘प्रशासकिय अधिकृत धामीले भने, ‘सबै मासु पसलमा फोहोर भने व्यवस्थापन गरिएको छैन् ।’ सब्जीमण्डीभित्र मासु बिक्रिका लागि ल्याएका दुई बिरामी बाख्री भने अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । ‘अनुगमन टोली पुग्दा व्यवसायी सटरबन्द गरेर हिडेका रहेछन, ‘प्रशासकिय अधिकृत धामीले भने, ‘दुवै ब्राखा बिरामी भेटिए, हामीले उपचारका लागि नगरपालिका ल्याएका छौँ ।’ ठुलो ब्राखी काँस्दै थियो, सानो बाख्रोको भाडापाखाला लागेका दुवै बाख्रा नियन्त्रणमा लिएको हो ।
यसर्थ अनुगमन टोलीले मण्डीभित्र खसीको मासु भन्दै बाख्री त्यसमा पनि बिरामी बाख्रा बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलवार्ड गर्न खोजिएको बताएका छन् । यस्तै अनुगमन टोलीले गुड्डु स्वीट हाउस, न्यू शिवासी स्वीट हाउसका किचन समेत फोहोर रुपमा भेटिएका छन् ।
दुवै स्वीट हाउसका किचनमा झिगा भन्केका र मानव स्वास्थ्यका लागि हानिकारक रंग प्रयोग गरेको भेटिएका छन् । तीन चाउमिन पसल ग्रिनटप नास्ता पसल, किशोर चाउमिन सेन्टर र सीमा चाउमिन सेन्टरमा पनि फोहोर व्यवस्थापन नगरेको भेटिएको छ । स्वास्थ्यका लागि हानिकारक चाउमिन सरसफाई नभएको टिएको छ ।
अनुगनका क्रममा भीमदत्त नगरको संयुक्त टोलीले मापदण्ड अनुसार मासु पसल संचालन, जाली लगाउन, डिफ्रिजमा मासु राख्न, खाद्यबस्तुमा रसायन रंग नहाल्न र फोहोर व्यवस्थापन गर्नका लागि सम्बन्धीत पसलका संचालकलाई निर्देशनात्मक सुझाव दिएको छ ।
‘कोरना लगायतका विभिन्न रोगको संक्र्रमणबाट बाँच्नका लागि हामीले पहिलो चरणमा सुधारका लागि अनुरोध पनि गरेका छौँ, ‘प्रशासकिय अधिकृत धामीले भने, ‘अर्को पटक सुधार नगरिए कानुन बमोजिम कार्बाही गछौँ ।’ नागरिकको स्वास्थ्यमा खेलवार्ड गर्ने जो सुकैलाईपनि कार्बाहीको दायरामा ल्याउने चेतावनी दिए । भीमदत्त नगरपालिकाले कुनैपनि बस्तुको उपभोग गर्नुभन्दा पहिले सचेत भएर उपभोगमा जोडदिएको छ । स्वच्छ, सफा मासु लगायतका खाद्यबस्तु उपभोग गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुस