काठमाडौं ,चैत ७, विस्व भरि फैलिएको कोरोना भाइरसको त्रासले दुई दिनमा करिब तीन लाख सर्वसारधाण उपत्यकाबाट बाहिरिएका छन् । बुधबार र बिहीबार गरी करिब ३ लाखभन्दा बढीले उपत्यका छाडेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जाएको छ । सर्वसाधारण अत्तालिएर गाउँ फर्कन लागेपछि गाडीको टिकट समेत पाउन मुस्किल भएको छ ।

सरकारले स्कुल, कलेज, विश्वविद्यालय समेत बिदा दिएसँगै भाइरसको त्रासले सर्वसाधारण छिटो गाउँ फर्कन चाहेको देखिन्छ । साथै लोक सेवा आयोगका परिक्षा समेत स्थगित भए पछि उपत्यकाबाट घर जानेको संख्या उल्लेख रुपमा बढेको छ ।

स्कुल, कलेज बिदासँगै सर्वसाधारण घर फर्कन चाहने भएकाले सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा रुट परमिट पनि खुला गरिसकेको छ । घर फर्कने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्क, कलंकी, बसपार्क लगायतका स्थानमा यात्रुको चाप बढेको छ ।बाह्रखरी बाट

प्रतिक्रिया दिनुस