कञ्चनपुर चैत्र ७ ,कञ्चनपुको शुक्लाफाँटा नगरपालिका वडा १२ लौटा टोलको एक घरमा आगलागि भएको छ । शुक्लाफाँटा नगरपालिका १२ का दलित महिला वडा सदस्य सविता दकाईको घरमा आगलागि भएको हो ।

दिउसो १ बजे तिर घरमा बिजुलीको तार सट भएर आगलागि भएको हो । स्थानिय जनप्रतिनिधि र प्रहरीको सहयोगमा आगो नियन्त्रण भईसकेको शुक्लाफाँटा नगरपालिका न्यायिक समिति सदस्य तथा वडा सदस्य प्रर्मानन्द जोशीले बताए ।

आगलागिबाट घरमा रहेका खाध्यान्न , लुगा कपडा ,दुईओटा साईकल र रुपया जलेर नष्ट भएको अस्थायि प्रहरि पोष्ट बन्शाहका प्रहरी साहयक निरिक्षक जनक ऐरले बताए । दलित महिला वडा सदस्य सविता दकाईका श्रीमान प्रकाश दमाई आजै भारत बाट मजदुरी गरेर आएको हुँदा घरमा राखिएको रुपयाको झोला समेत जलेर नष्ट भएको छ । आगलागि बाट क्षेति भएको बिबरण संकलन भईरहेका साहयक निरिक्षक जनक ऐरले बताए ।

प्रतिक्रिया दिनुस