कञ्चनपुर चैत्र ७ ,विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना) को त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले सबै सरकारी तथा निजि कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ। अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी, निजी कार्यालयहरू बन्द गर्ने तयारी गरिएको हो। उक्त विषयमा प्रधानमन्त्री केपि आलीले साँझ ६ बजे सम्बोधन तयारी रहेको छ । सम्बोधन गर्दै विस्तृतमा प्रकाश पार्ने बताइएको छ।

शुक्रबार साँझ कोरोना रोकथाम, नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठक पनि बस्दैछ। समितिले नै थप घोषणाको तयारी गरेको छ। यसैगरी सरकारले उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू कम्तीमा दुईसाता बन्द गर्ने तयारी गरेको छ।भोली देपख आपूर्ति नरोक्ने तर मानिसहरूको आवतजावत बन्द गर्ने सरकारले तयारी गरेको छ।

प्रतिक्रिया दिनुस